चीनमा कम्युनिष्ट उदाउनु भनेकै विश्वको भाग्य फेरिनु हो – सी जिङ पिङ

चिनियाँ कम्युनिष्ट पार्टीले आज स्थापनाको १०० वर्ष मनाउँदैछ । चीन विश्वकै ठूलो कम्युनिष्ट देश पनि हो । विश्वभरीका चिनिँया कम्युनिष्ट हरुलाई आजको दिन खास हुन्छ यस दिनलाई चिनियाँ कम्युनिष्टहरुले पर्वको रुपमा किने गर्दछन् । ए

सयौं वर्षगाँठलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति एवं सीपीसी महासचिव सी जिङपिङले आफ्नो मुलुकले अन्य देशलाई दमन नगर्ने बताएका छन् । साथै, उनले चीनलाई असर पुर्‍याउन खोज्ने तत्वविरुद्ध आफूहरु धातुको पर्खालजस्तै भएर उभिने चेतावनी समेत दिए ।

विश्लेषकहरुले चिनियाँ राष्ट्रपतिको यो चेतावनी अमेरिकासहितका पश्चिमा मुलुकविरुद्ध लक्षित भएको बताएका छन् । बेइजिङमा उपस्थित ७० हजार सहभागि अगाडि उभिएर सीले चीनविरुद्धको षड्यन्त्र निस्तेज पार्ने समेत बताएको उल्लेख छ ।

‍राष्ट्रपति सी ले चीनमा कम्युनिष्टको उदय हुनु भनेको नै विश्वमा भाग्यको दिन शुरु हुनु हो भनेर अभिव्यक्ती दिएका छन् । उनले भनेका छन् विश्वमा अहिले विकासका लहरहरु देखिनु वर्ग संघर्ष हट्नुमा चिनियाँ कम्युनिजमको ठूलो हात छ ।

प्रतिक्रिया दिनुहोस