यस्ता पार्टनरसँगको सम्बन्धमा कहिलै सुख मिल्दैन, चिनिराख्दा राम्रो

प्रेमसम्बन्धको सुरुवातमा सबैलाई आफ्नो प्रेमी वा प्रेमीकाको सबैकुरा राम्रो लाग्छ । सायद त्यसैले नै भनिएको होला-प्रेममा मानिस अन्धो हुन्छ । तर, विस्तारै समय बित्दै जाँदा प्रेम सम्बन्धमा पनि चिसोपना आएको उदाहरणहरु हामीले धेरै देख्न सक्छौं । प्रेम सम्बन्धमा एक अर्कालाई माया गरेर मात्रै पुग्दैन एक अर्काको मनको कुरा बुझ्न सक्नुपर्छ । हरेक प्रेम सम्बन्ध भरोसा र विश्वासमा टिकेको हुन्छ । कुनै पनि प्रेम सम्बन्धमा भरोसा र विश्वासमात्रै होइन एक अर्काप्रति सम्मान पनि हुन आवश्यक छ ।

कुनै पनि सम्बन्धमा तपाईं आफ्नो पार्टनरसँग खुसी हुनुहुन्छ कि हुनुहुँदैन भन्ने कुराले विशेष महत्व राख्छ । प्रेम सम्बन्धमा एक अर्काको महत्व र सम्मान भएन भने त्यो सम्बन्ध धेरै टिक्न सक्दैन । हुन त आजकाल फास्टफुड शैलीको सम्बन्धमा धेरै युवायुवतीहरु अल्झिरहेका छन् । केही दिनमै प्रेमसम्बन्ध गाँसिन्छ, डेट गर्छन् अनि फेरि केही कुरामा चित्त बुझ्दैन त्यसपछि ब्रेक अप हुन्छ र त्यसको केही समयपछि अर्कैसँग प्रेमसम्बन्ध गाँसिन्छ ।

तर, यदि तपाईंं सिरियस प्रेमसम्बन्ध चाहनुहुन्छ र आफ्नो प्रेमीप्रेमीका सँगै जीवन बिताउन चाहनुहुन्छ भने तपाईंले सुरुमै बिचार गर्नुपर्छ र असल साथी छान्नुपर्छ । यदि तपाईंले सहि पार्टनर छान्न सक्नुभएन भने त्यसले समस्या निम्त्याउन सक्छ ।

यदि तपाईं प्रेम सम्बन्धमा हुनुहुन्छ भने तपाईंले आफ्नो प्रेमी वा प्रेमीका स्वार्थी छन् कि छैनन् विचार गर्नुपर्छ । यदि तपाईं प्रेमसम्बन्धलाई दिगो बनाउन चाहनुहुन्छ र खुसी रहन चाहनुहुन्छ भने तपाईं यस्ता स्वार्थी प्रेमी प्रेमीकाबाट पहिले नै बँच्नुपर्छ । होइन भने पछि पछुताउनुपर्ने छ । तपाईंको प्रेमी वा प्रेमीका अरुको कुरा नसुन्ने र आफ्नो मात्रै फाइदा हेर्ने खालका छन् भने यसले तपाईंको खुसी र उर्जा सकिन्छ ।

१. हरेक चीजमा कमी कमजोरी निकाल्ने : यदि उनीहरुलाई खुसी बनाउन धेरै मुस्किल हुन्छ र तपाईंले जति प्रयास गरेपनि खुसी राख्न सक्नुहुन्न भने यस्तो सम्बन्ध दिगो हुन सक्दैन । यदि उिनीहरुले सँधै तपाईंको चीजमा कमीकमजोरी निकालेर तपाईंसँग लडाईं गरिरहन्छन् भने सम्झनुहोस् कि तपाईं एक टक्सिक सिलेसनसिपमा हुनुहुन्छ ।

२. आफ्नो नियन्त्रणमा राख्न चाहन्छन् : उनीहरु आफ्नो हरेक कामलाई आफ्नै मनको हिसाबले गर्छन् । यतिमात्रै होइन उनीहरुले तपाईंको खानपिन, पहिरन, कामको योजना पनि आफ्नो हिसाबबाट चलाउन खोज्छन् भने सम्बन्धमा समस्या आउन सक्छ । तपाईं आफ्नो मनले कुनै पनि सानो सानो काम पनि गर्न सक्नुहुन्न भने सम्झनुहोस् कि उनले तपाईंलाई नियन्त्रित गरिरहेका छन् । यसले तपाईंलाई खुसी बनाउन सक्दैन ।

३. तपाईंसँग हरेक समस्याको हल चाहन्छन् : प्रेमी वा प्रेमीकाले तपाईबाट उनीहरुका हरेक समस्याको हल चाहन्छन् । यदि तपाईंले उनीहरुको कुनै एक समस्यालाई समाधान गर्न पाउनुभएन भने उनी तपाईंसँग दुखी हुन्छन् भने यस्तो सम्बन्ध पनि धेरै समय टिक्न सक्दैन । यो बच्चाको जस्तो हर्कत हो जसले तपाईंलाई ब्यर्थै तनाव दिइरहेको हुन्छ ।

४. आफ्नो बारेमा मात्रै सोच्छन् : उनी आफ्नै बारेमा आवश्यकता भन्दा धेरै सोच्छन र चाहन्छन् कि तपाईंले जीवनमा हरेक काम उनीहरुको हिसाबले गर्नुहोस् । यदि यस्तो हो भने सम्झनुहोस् उनीहरुले आफूलाई भन्दा धेरै अरु कोहीलाई पनि माया गर्दैनन् । त्यस्ता प्रेमी वा प्रेमीका स्वार्थी हुन्छन् उनीहरुले तपाईंलाई पनि माया गर्देनन् ।

प्रतिक्रिया दिनुहोस