खबरदार बाहिर” निस्किदै हुनुहुन्छ ? भर्खरै आयो मौसमसमबन्धि यस्तो डरलाग्दो अपडेट

देशै भर भारी वर्षाको सम्भावना,सतर्क रहन सबै मा मौसम बिभाग को आग्रह काठमाडौं । मनसुनी वायुको देशभर सक्रिय प्रभाव रहेको छ । आज बिहान हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भई बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखी मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा र एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

अझै केही दिन निरन्तर झरी पर्ने मौसमविद् गंगा नगरकोटी बताउँछन् । हालकौ मौसमी प्रणाली अध्ययन गर्दा अझै केही दिन पानी पर्ने देखिएको उनी बताउँछिन् ।

भारी र धेरै भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ । निरन्तरको वर्षाका कारण दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस