आमिर खान र किरण रावबीच सम्बन्ध विच्छेद !

बलिउड अभिनेता आमिर खान र उनका श्रीमती किरण रावबीच सम्बन्ध वि’च्छेद भएको छ। शनिबार खान र राव दुवैले एक बयान जारी गर्दै आफूहरु १५ वर्षको वैवाहिक स’म्बन्ध अन्त्य गर्न राजी भएको जानकारी दिएका हुन्।

बलिउड अभिनेता आमिर खान र प’त्नी किरण रावले आफूहरुको वैवाहिक स’म्बन्ध अन्त्य भएको घोषणा गरेका छन् । शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले १५ वर्षको सम्बन्धलाई आधिकारिक रुपमा टुंग्याएको जनाएका छन् । बलिउडमा निकै उदाहरणीय मानिएको यो जोडीले जीवनको नयाँ अध्यायको सुरुआत भएको समेत बताएका छन् । ‘सम्बन्ध वि’च्छेद जीवनको अन्त्य होइन, बरु जीवनको नयाँ यात्राको शुभारम्भ हो’ आमिर र किरणले विज्ञप्तिमा भनेका छन् ।

छोरा आजादलाई मिलेर हुर्काउने र अभिभावकत्व लिने समेत उनीहरुले जनाएका छन्। आमिर र किरण दुबैले आफ्ना प्रशंसकलाई यो कठिन घडीमा साथ दिन समेत भनेका छन्। आफूहरु भविष्यमा पति र पत्नी नभएर को–प्यारेन्ट र व्यवसायिक रुपमा अघि बढ्ने पनि उनीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस