गर्मीबाट बच्न यी मानिसहरुले लगाएको जुक्तिको फोटो बाहिर आएपछि देख्नेहरु सबै हैरान

काठमाडौं । वर्षायामको सुरुवातसँगै गर्मी पनि बढ्दैछ । विश्वका धेरै देशहरुमा गर्मीका कारण मानिसहरु ज्यान गुमाउन बाध्य भइरहेका छन् ।क्यानडामा यो साता अहिलेसम्मकै उच्च ४९.६ डिग्री सेल्सियस तापक्रम पुगेको छ ।

पश्चिम क्यानडाको ब्रिटिश कोलम्बियामा गर्मीकै कारण पाँच दिनभित्र ४८६ जनाको मृत्यु भएको छ जुन अहिलेसम्मकै धेरै हो।सामान्य अवस्थामा औसत मृत्यु १६५ हुने गर्थ्यो।

प्रमुख कोरोनेर लिजा लपोइन्टीले डढेलो लाग्नुको कारण मौसम भएको बताएकी छन्।विगत ३ देखि ५ वर्षभित्र पश्चिम प्रान्तमा गर्मीका कारण केवल तीनजनाको मात्रै मृत्यु भएको थियो।

त्यसरी ज्यान गुमाउने धेरैजसो हावा प्रवाहको राम्रो व्यवस्था नभएका घरमा एक्लै बस्नेहरू रहेको लपोइन्टीले बताइन्।यो बीचमा गर्मीबाट बच्न मानिसहरु के सम्म गर्न सक्छन् भन्ने कुरा आज हामीले केही तस्विरमा लिएर आएका छौँ । नेपालको तराईमा पनि गर्मी अत्याधिक हुने गर्दछ ।

बढ्दो जलवायु परिवर्तनका कारण मानिसहरु नसोचेको गर्मी सामना गर्दैछन् । गर्मीको मौसममा सबै काम गर्दा समस्या हुने गर्दछ । सामाजिक सञ्जालमा भाइरल केही उपायहरु हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस