माथिल्लो तामाकोशीको उद्घाटन भोली

नेपालको राष्ट्रिय गौरभको आयोजना अन्तर्गत रहेको माथिल्लो तामाकोशी जलविधुत् आयोजनाको उद्घाटन भोली हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली सोमबार दिउसो तामाकोशी जलविधुत् आयोजनाको उद्घाटन गर्ने भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा पहिलो युनिटबाट विद्युत उत्पादन गर्न स्विच थिचेर आयोजनाको उद्घाटन गर्न लागेका हुन् ।
माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठका अनुसार भोलिदेखि नै तामाकोशीको ७६ मेगावाट बिजुली रष्ट्रिय प्रशारणमा जोडिनेछ । अबको १५ दिन परीक्षण उत्पादन अवधिको रुपमा रहनेछ । त्यसपछि तामाकोशीबाट व्यवसायिक उत्पादन सुरु हुनेछ र प्राधिकरणले कम्पनीलाई बिजुलीबापत पैसा तिर्न सुरु गर्नेछ ।

७६/७६ मेगावाटका ६ युनिट रहेको ४५६ मेगावाट जडित क्षमताको आयोजनाबाट २१ असार सोमबारदेखि पहिलो युनिटबाट विद्युत उत्पादन सुरु गर्ने तालिका तय गरिएको छ । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमश : विद्युत उत्पादन हुनेछ । श्रेष्ठका अनुसार असारभित्र २ वटा युनिटबाट बिजुली उत्पादन थाल्ने लक्ष्य छ ।

५ बर्षमा सक्ने उदेश्य बोकेर माथिल्लो तामाकोशी बि.स २०६८ सालबाट निर्माण सुरुवात गरिएता पनि आयोजना १० बर्ष लम्बिएको थियो । भुकम्प कोरोना महामारी र नाकावन्दीका कारण यो आयोजना १० बर्ष सम्म सम्पन्न हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस