सुकुमेलकाे प्रयाेग गर्न जान्ने हाे भने शरिरलाई हुन्छ यति धेरै फाइदाहरु !

सुकुमेलकाे प्रयाेग गर्न जान्ने हाे भने शरिरलाई हुन्छ यति धेरै फाइदाहरु ! सुकुमेल स्वादका लागि मसलाको रुपमा मात्रै होइन स्वास्थ्यका लागि औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । सुकुमेलमा भरपुर औषधीय गुण हुनेगर्दछ ।

सास गनाउने गरेको छ भने मुखमा सुकुमेल हाली समय लगाए चुस्ने गर्नुस् । यसमा पाइने सुगन्धले सासलाई ताजा राखी दु-र्गन्ध हटाउँन मद्दत गर्दछ । भोक नलाग्ने, बान्ता हुने, अपच हुने आदि समस्या छन् भने सुकुमेल खानाले कम हुन्छ । तिर्खा लागिरहन्छ अथवा घाँटी पोल्ने गरिरहन्छ भने सुकुमेल मिसाइएको पानी पिउँदा राम्रो हुन्छ ।

छातीमा कफ जमेको छ र सास लिन गाह्रो भइरहेको छ भने सुकुमेल खानाले कफ बाहिर निस्कन्छ र शरीरलाई राहत मिल्छ । रुघाखोकी लागेको छ अथवा घाँटी खसखस भइरहने समस्या छ भने सुकुमेललाई पिसेर महसँग खानुपर्छ ।सुक्खा खोकी लागेको छ भने सुकुमेल, तोरीको तेल र चिनी मिसाएर खानुपर्छ । यसले कफ बाहिर निकाल्न मद्दत गर्छ । ज्वरो आएर जीउ पोलेको छ भने सुकुमेल खानाले सहज महसुस हुन्छ ।

याे पनि, घरपरिवारमा सुख शान्ति र धनदौलतको कमी नहाेस् भन्ने चाहानुहुन्छ भने सॉझ परेपछि भुलेर पनि यी काम कहिल्यै नगर्नुहोस ! हिन्दु धर्म शास्त्र अनुसार यी काम सूर्यास्तपछि कहिल्यै गर्नु हुँदैन । पौराणिक कथा र ज्योतिष शास्त्रमा कयौँ यस्ता कुराको दावी गरिएको छ जसलाई आजका मानिसपनि मान्ने गर्दछन् । यस्ता कार्य राति गरेमा लक्ष्मी माता रि-साउनु हुन्छ भन्ने मान्यता रहेकाे छ:-

१) शंख नबजाउनुहोस्:- घरमा राखिने शंखमा सधै धनकी देवी लक्ष्मीको बास हुने गर्दछ। हाम्रा पूर्खाका अनुसार सबैले घरमा शंख राख्न जरुरी छ। परन्तु यो कुरा ध्यान दिन जरुरी छ की रात परेपछि शंख बजाउन हुँदैन्। साँझमा शंख बजाउँदा धन हानी हुने सम्भावना हुने गर्दछ।

२) राति कपडा धुनु हुँदैन:- मान्यता यो छ कि राति कपडा धुनु हुँदैन। भनिन्छ राति कपडा धुँदा र त्यसलाई सुकाउँदा कपडामा नेगेटिभ एनर्जी प्रवेश गर्दछ। यस्तो कपडाबाट तपाईंको मनमा नकारात्मक असर पर्दछ । कपडा साँझसम्म नसुके त्यसलाई राति छतको तल फैल्याउनुहोस्।

३) राति बिना केसर वा बेसार दूध नपिउनुहोस:- अर्को मान्यता यो छ कि राति दूधमा थोरै बेसार या केशर मिलाएर पिउनु पर्दछ । केही नमिसाई नखानुहोस् । किनकी दूधको प्रकृति चिसो हुन्छ र सादा दूध राति झनै चिसो हुन्छ । यसले तपाईंलाई सर्दीको समस्या हुन सक्छ । तपाईं विरामी हुनुभए लक्ष्मी तपाईंबाट टाढा हुनेछिन् ।

प्रतिक्रिया दिनुहोस