कोरोनाको पहिलो डोज लगाएका वडाध्यको कोरोना संक्रमणका कारण मृत्यु

बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष हुमनाथ आचार्यको कोभिड–१९ का कारण आज निधन भएको छ ।
७२ वर्षीय वडाध्यक्ष आचार्यको उपचारका क्रममा काठमाडौँमा आज बिहान निधन भएको उपमहानगरपालिका प्रवक्ता राम प्रसाद रेग्मीले जानकारी दिए ।

उनको सुरुमा बुटवलको कोरोना विषेश अस्पतालमा उपचार भएकोमा ७ दिनअघि परिवारले थप उपचारका लागि काठमाडौँ लगेको थियो । आचार्यले कोरोना विरुद्धको पहिलो डोज खोप समेत लगाएका थिए ।

यो पनि पढ्नुहोस

कोरोना महामारीका कारण नेपाल सहितका दुई मुलुकलाई जर्मनी प्रवेशमा लगाईएको रोक फुकुवा गरिएको छ । आउने बुधवार देखि लागेको रोक फुकुवा हुन लागेको हो । यो नियम बेलायत, पोर्चुगल र रुसलाई पनि लागु हुने भएको छ ।

कोरोना खोपको सम्पूर्ण डोज पुरा भएका मानिसहरु बने जर्मनी पुगेर क्वारेन्टाईन नबस्नु पर्ने व्यवस्था जर्मनीले गरेको छ । कोरोनाको डेल्टा भेरिएन्ट फैलिएको बताउँदै जर्मनीले नेपालसहितका मुुलुकलाई यात्रा प्रतिबन्ध लगाएको थियो । पोर्चुगल र बेलायतका लगायतका मुलुकले पनि अहिलेसम्म नेपाललाई लगाएको रोक कायमै राखेका छन् ।जर्मनीले रोकलाई फुकुवा गरेतापनी अझैसम्म नेपाल लगायतका विभिन्न मुलुकलाई उच्च संक्रमित भएको देशका रुपमा राखेको छ।

प्रतिक्रिया दिनुहोस