टिपरको ठक्करले साइकलयात्रीको मृत्यु

सप्तरीको कञ्चनरूपमा आज भएको सडक दुर्घटनामा एक साइकलयात्रीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गस्थित सडकखण्डअन्तर्गत कञ्चनरुप नगरपालिका–११ बेङ्गरी चोकमा भएको दुर्घटनामा सोही ठाउँकी ४० वर्षीया कौशिल्या चौधरीको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स१क २८० नम्बरको टिपरले साइलकलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालयय कञ्चनरूप सप्तरीका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्लिसिनाले बताउनुभयो । शव परीक्षणका लागि राजबिराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । टिपर र चालक इलाका प्रहरी कार्यालयको नियत्रणमा रहेको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका ३३ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट हराएका २३ मोटरसाइकल र १० स्कुटर फेला पारेर आज सम्बन्धित धनीलाई बुझाएको हो ।

हमहाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सवारी साधनहरू एकान्त ठाउँमा पार्किङ गर्दा हराउने गरेको बताउनुभयो । हराएका सवारी साधनमध्ये अधिकांश सवारी साधनहरू उपत्यकाका वरीपरी जिल्लामा प्रयोग हुने गरेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पछिल्लो समय हराएका वा चोरी भएका मोटरसाइकलमध्ये अधिकांश पल्सर मोटरसाइकल रहेका छन् । चोरी भएका मोटरसाइकललाई ग्रामीण इलाकामा लगेर नम्बर प्लेट र स्वरूप परिवर्तन गर्ने, नक्कली कागजपत्र बनाएर बेचबिखन गर्ने गरेको पाइएको महाशाखा प्रमुख भट्टराईले बताउनुभयो ।

महाशाखाले चालू आर्थिक वर्षमा उपत्यकाबाट हराएका ४१३ मोटरसाइकल तथा स्कुटर खोजी गरी सम्बन्धित धनीलाई बुझाइसकेको छ । उक्त चोरी कार्यमा संलग्न ५१ जनालाई पक्राउ गरी कारबाहीका लागि विभिन्न वृत्तमा पठाइकिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस