कोमल ओलीको कवितालाई मनोज गजुरेलले पनि फर्काए कवितावाटै जवाफ

काठमाडौ । राष्ट्रिय सभाको बैठकमा एमालेबाट सांसद कोमल वलीले वाचन गरेको एउटा कविता निकै आलोचित भयो । उनले ‘बाँदरको जमात र अमृतपानको सपना’ नामको कविता सुनाएकी थिइन् । जसमा बाँदर छेपारा जस्ता शब्द प्रयोग भएका थिए । सामाजिक सञ्जालमा उनको यो कविताको निकै आलोचना भएपछि उनले त्यसवारे प्रतिकृया पनि दिएकी छन् ।

उनको कविता नेकपा एमालेका माधव नेपाल पक्ष प्रति लक्षित भएको भन्दै आलोचना गरिएको हो । उनले त्यसवारे प्रतिकृया दिएको भएपनि त्यसको चर्चा अझै सेलाएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय राष्ट्रिय सभा सदस्य वलीले सोमवार राष्ट्रिय सभा बैठकमै कविता सुनाएकी थिइन् ।

त्यस कविताबारे सामाजिक सञ्जालमा पक्ष र विपक्षमा प्रतिक्रिया आइरहँदा हाँस्य कलाकार मनोज गजुरेलले पनि त्यसमा कवितावाटै प्रतिकृया दिएका छन् । उनले एउटा व्यंग्यात्मक कविता रचेका छन्। जसलाई उनले शीर्षक दिएका छन्– कोमल कविता विरुद्ध कठोर कविता१

उनी लेख्छन् : कोमल कविता
बाँदरहरूको देश हुँदैन
ढेडुहरूको भेष हुँदैन
कुकुरहरूको बेस हुँदैन
भुतहरूको फेस हुँदैन

कठोर कविता
छेपारेहरूको रंग हुँदैन
चेपारेहरूको ढंग हुँदैन
मूर्तिहरूको अंग हुँदैन
फूर्तिहरूको रंग हुँदैन

प्रतिक्रिया दिनुहोस