रुसमा चिनियाँ प्रभाव रोक्दै भारत

मस्को । विश्वको भुराजनीति परिवर्तन भइरहेको बेला भारतले रुसमा चीनको प्रभावलाई सन्तुलन गर्न रुससँग आर्थिक सम्बन्ध विस्तारमा जोड दिएको छ ।पछिल्लो समय रुस र चीन एक अर्काका प्रमुख साझेदार रहेका बेला रुसमा चीनको प्रभावलाई सन्तुलन गर्न भारतले रुसको पूर्वी क्षेत्रमा आर्थिक सहकार्य गर्न चासो देखाएको हो । गत साता हर्षवर्द्धन श्रींगला रुस भ्रमणमा रहेका बेला मस्कोमा रुसी विदेशमन्त्री सर्गेइ लेभ्रोब सहित अन्य वरिष्ठ अधिकारीहरुसँग भेटवार्ता गरेका थिए ।

प्रतिष्ठित रसियन डिप्लोमेटिक एकेडेमीमा सम्बोधन गर्दै विदेश सचिव श्रींगलाले भारत र रुसबीचको सम्बधबारे ब्याख्या गरेका थिए। उनले रुसको पूर्वी क्षेत्रमा संभाब्य भारतीय आर्थिक सहकार्य बिस्तार गर्नेबारे भ्रमाण् गरेका थिए। रुसको पूर्वी क्षेत्रमा भारतले कोइला, काठ, तरल प्राकृतिक ग्याँस आदीमा लगानी गर्न सक्ने उनले बताएका छन्। यसका साथै भारतले रुसको पूर्वी क्षेत्रमा लगानीका लागि जापानलाई पनि सहभागी गराउने भएको छ ।

यस आर्थिक परियोजनाका लागि गत महिना भारत, जापान र रुसका प्रतिनिधीहरुले संयुक्त सहमति गरेका छन् । यी तीन देशहरुले रुसको पूर्वी क्षेत्रमा उर्जा, कोइला खानी, हिरा प्रशोधन, बन, कृषी उद्योग, यातायात तथा औषधिहरुका लागि संभाब्य क्षेत्र मानेका छन् । रुसको यस्ता परियोजनामा भारत तथा अन्य एसियाली मुलुक संलग्न नभए रुसले मुख्य साझेदार चीनको सहयोग लिने भारतीय कुटनीतिज्ञहरुको बिश्लेषण छ ।

भारतले विगत ३ बर्षयता रुसको पूर्वी क्षेत्रमा आर्थिक लगानी र सहकार्यमा विशेष चासो देखाएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१९ मा रुसको पूर्वी बन्दरगाह शहर भ्लादिभोस्तोक भ्रमणका बेला रुसको पूर्वी क्षेत्रको आर्थिक बिकासका लागि भारतले एक अर्ब अमेरिकी डलर सहयोग गर्ने उद्घोष गरेका थिए । प्रधानमन्त्री मोदीले भारतको चेन्नइ र रुसको भ्लादीभोस्तोक जोड्ने समुद्री बाटो बनाउने ज्ञापनपत्रमा हस्ताक्षर समेत गरेका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी क्षेत्रको आर्थिक विकास प्रबद्धर्न राष्ट्रिय प्राथमिकतामा रहेको पनि घोषणा गरेका थिए। स्रोतः जी फाईभ

प्रतिक्रिया दिनुहोस