इन्डो-प्यासिफिक क्षेत्रमा सहकार्य बढाउन तीनदेशबीच छलफल

नयाँ दिल्ली। भारत, अष्ट्रेलिया र फ्रान्सबीच इन्डो प्यासिफिक क्षेत्रको नीतिगत बिषयमा त्रीपक्षीय छलफल भएको छ। भारत, अष्ट्रेलिया र फ्रान्सका उच्च अधिकारीहरुबीचको भेटवार्तामा इन्डो प्यासिफिक क्षेत्रमा त्रीपक्षीय सहकार्य बलियो बनाउनेबारे छलफल भएको हो ।

गत बर्ष सेप्टेम्बरमा पहिलो पटक त्रीपक्षीय वार्तामा भएका समुद्री सुरक्षा, मानवीय सहायता तथा संकट राहत, ब्लु अर्थब्यस्था, गैरकानुनी अवैध माछा मार्ने गतिबिधिको निगरानी आदीमा बहुपक्षीय सहकार्यका बारेमा बृहत छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

छलफलमा भारतका तर्फबाट यूरोप र पश्चिमा मुलुकका लागि सह सचिव सन्दिप चक्रवर्ति, फ्रान्सबाट एसिया तथा सागर क्षेत्रका लागि निर्देशक बर्टाण्ड लोथोलेरी र अष्ट्रेलियाका तर्फबाट उत्तर तथा दक्षिण एसिया विभागका पहिलो सहायक सचिव गेरी कोवान र युरोप र ल्याटिन

अमेरिका विभागका पहिलो सहायक सचिव जोन गिएरिन सहभागी थिए । इन्डो प्यासिफिक क्षेत्र विश्व राजनीतिको चासोको बिषय बनीरहेको बेला चीनको प्रभावलाई सन्तुलन गर्न भारतको भूमिकालाई महत्वपूर्ण मानिएको छ । स्रोतः एन्डीटिभी

प्रतिक्रिया दिनुहोस