क्वाडले आगामी २०२२ सम्म एक अर्ब डोज कोभिड १९ को खोप उत्पादन गर्ने

वासिंटन डी.सी.। अमेरिका, जापान, अष्ट्रेलिया र भारतको रणनीतिक फोरम क्वाडको सम्मेलनले सन् २०२२ सम्म एक अर्ब डोज कोभिड–१९ बिरुद्धको खोप उत्पादन गर्ने सहमति गरेको छ ।

कोभिड–१९ बिरुद्ध आगामी सन् २०२२ को अन्त्यसम्म एक अर्ब खोप उत्पादन गर्ने क्वाड रणनीतक फोरमको सम्मेलनले सहमति गरेको हो । आईतबार, क्वाड फोरमको पहिलो सम्मेलन भर्चुअल रुपमा सम्पन्न भएको थियो । सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जापानी प्रधानमन्त्री योसीहिदे सुगा र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन उपस्थित थिए ।

सम्मेलनमा कोभिड–१९ बिरुद्ध खोप उत्पादनलाई वृहत बनाउन र एसियाली मुलुकहरुलाई खोप उपलब्ध गर्न भारतबाट ठूलो मात्रामा खोप उत्पादन गर्नेबारे छलफल भएको छ । भारतले सुरक्षित र प्रभावकारी खोप उत्पादन र वितरण गरिरहेको र एसियाली मुलुकमा खोप वितरणका लागि भारतमा खोप उत्पादन बिस्तार गर्ने बारे पनि छलफल भएको छ। स्रोतः जी फाईभ

प्रतिक्रिया दिनुहोस