दही खाने गर्नुभएको छ भने एकचोटी अवश्य पढ्नुहोला, यस्तो बन्दै छ हजुरको शरीर ! डाक्टरको भनाइ यस्तो छ

एजेन्सी । दहीको स्वाद मात्र स्वादिष्ट हुँदैन कि यसले शरीरमा लाग्ने कैयौँ रोगबाट पनि छुट्कारा दिलाउँछ । शरीरका लागि निकै स्वस्थकर मानिने दहीले मुटुरोगको सम्भावनाबाट समेत बचाउने एक अध्ययनले देखाएको छ । ५५ हजार आठ सय ५५ जना मानिसमा गरेको अनुसन्धानपछि यस्तो निष्कर्ष निस्केको हो । यी हुन् अध्ययनले निकालेका निष्कर्ष :

नियमित डाइटमा दहीको मात्रा बढाउँदा मुटुलाई स्वस्थ राख्नुका साथै यससँग जोडिएर आउने रोगको सम्भावनाबाट पनि बचाउने काम गर्छ ।नयाँ पत्रिकामा खबर छ।अमेरिकन जर्नल अफ हाइपरटेन्सनमा छापिएको एक स्टडीमा खानासँग दहीको प्रयोग गर्दा वयस्क मानिसलाई हाइपरटेन्सनको समस्याबाट छुट्कारा दिलाउँछ ।

जसले हप्तामा दुईपटक दहीको प्रयोग गर्छ, उसलाई भविष्यमा हुने स्ट्रोकको सम्भावनामा २० प्रतिशत कम गर्छ ।यसका साथै दहीले पाचनप्रणालीमा सहयोग पु(याउनुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

दहीकोे नियमित सेवनले ठूलो आन्द्रा र कोलोनको क्यान्सरबाट बचाउने काम गर्छ ।कोलेस्टेरोलका बिरामीलाई दहीको नियमित प्रयोग लाभदायक मानिन्छ । एजेन्सीको सहयोगमा

यो पनि पढ्नुस: एक केश्रा लसुन मुखमा ३० मिनेटसम्म राख्नाले शरिरलाई हुन्छ यस्ताे अपत्यारिलो फाईदाहरु ! एकचोटी अबस्य पढ्नुहोला

एजेन्सी । लसुन हामीले भान्सामा दैनिक प्रयोग चिज हो । यसलाई हामी तरकारी र दालमा बडी मात्रामा प्रयोग गर्ने गर्ने गर्दछौं । लसुन हाम्रो खानाको स्वाद बढाउन मात्र नभई हाम्रो स्वास्थ्यको लागि पनि निकै लाभदायक हुनेगर्छ ।

लसुनलाई प्राचिनकाल देखि नै विभिन्न औषधिको रुपमा पनि प्रयोग गर्ने गरेको पाईछ। लसुन हाम्रो शरिरको लागि अति उपयोगी मानिछ । तपाइलाई लसुनको बैज्ञानिक आधारमा के कस्ता फाईदा छन् यसका बारे जानकारी दिंदैछौ । हरेक दिन भुटेको लसुन खानाले हाम्रो शरीरको रोगसँग लड्ने क्षमता बढ्छ । एक पोटि लसुन ३० मिनेटसम्म मुखमा राख्दा हुने फाइदा यस्ता छन्:-

१) लसुनको नियमित प्रयोगले हामीलाई अकल्पनीय धेरै फाइदा हुने गर्दछ । यसको नियमित सेवनले शरीरको रगत रक्तचाप नियन्त्रण गर्नुको साथै रक्तचाप बढी अर्थात् ब्लड प्रेसर हाई हुनबाट रोक्छ । शरीरमा बोसो कम पनि गर्दछ । लसुनलाई साँच्चै, एक स्वस्थ चकलेटको रुपमा पनि लिन सकिन्छ ।

२) यसमा भिटामिन ए, भिटामिन बी भिटामिन सी, फलाम, इन्जाइम, आवश्यक तेल, आयोडिन, पोटासियम, क्याल्सियम, सेलेनियम, सल्फर र फस्फोरस लगायतका थुप्रै ४०० धेरै मानब शरीरका लागि आवश्यक तत्व पाइन्छ ।

३) लसुनको एउटा पोटी ३० मिनेट वा केहीबेर आफ्नो मुखमा राख्नुहोस्, जसले तपाइँको रक्तनली सफा गर्नुको साथै हजुरको मुखबाट फोहोर हटाउ पनि हटाउदछ । यसरी मुखमा केहीबेर लसुन राख्नाले तपाइको मुखको सामान्य निफेक्सन निको हुनेछ र दुर्गन्ध समेत हराउने छ । त्यस्तै यसले मृगौला,छाला सफा राख्ने कार्य पनि गर्दछ । हामीले नियमित लसुनको प्रयोग गर्न सक्यौ भने यस्ता थुप्रै रोगबाट बच्न सकिन्छ ।

४) यसले हाम्रो शरीर रोगसँग लड्ने प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने कार्य गर्नुका साथै अन्य धेरै कुराको लाभदायक रहेको विशेषज्ञको सोधबाट पत्ता लागेको छ । मानिसको स्वास्थ्य राम्रो र बलियो बनाउन विशेषज्ञद्धारा सिफारिस गरिएको एउटा महत्वपूर्ण खाद्यवस्तु हो, लसुन ।

५) लसुनमा ४०० भन्दा बढी भिटामिन तथा खनिज पदार्थ रहेको हुन्छ । लसुन नाम जस्तै मानवको लागी सुन भन्दा पनि अति महत्वपूर्ण रहेको चिकित्स्या बिज्ञानका विशेषज्ञहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस