कोपा अमेरिका कोलम्वियालाई तेश्रो स्थान

काठमाडौं । लुइस डियाजको दुई गोलप्रेरित कोलम्बियाले पेरूलाई ३-२ को नतिजामा पराजित गर्दै कोपा अमेरिका २०२१ मा तेस्रो स्थान हासिल गरेको छ । शनिबार बिहान ब्रासिलियामा भएको खेलमा कोलम्बियालाई जित दिलाउन जुवान क्वाड्राडोले थप एक गोल गरे ।

दोस्रो हाफको सुरुआतदेखि नै आक्रामक बनेको कोलम्बियाका लागि ४९औं मिनेटमा क्वाड्राडोले बराबरी गोल फर्काएका थिए । डियाजले ६६औं मिनेटमा गरेको गोलसँगै खेलमा पहिलो पटक कोलम्बियाले अग्रता लिएको थियो । २४ मिनेटको खेल बाँकी रहँदा २-१ गोलले पछि परेको पेरूका लागि ८२औं मिनेटमा जियानलुका लापाडुलालले बराबरी गोल फर्काएका थिए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा पेरुले १-० को अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा योशिमर योटुनले गरेको गोलसँगै पेरूले अग्रता लियो ।

प्रतिस्पर्धात्मक खेलको इन्जुरी समयमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियाका लागि ३-२ गोलको जित सुनिश्चित गरे ।
सन् २००१ मा च्याम्पियन बनेको कोलम्बियाले चौथो पटक तेस्रो स्थान हासिल गरेको हो । सन् २०१९ मा ब्राजिलमै भएको पछिल्लो संस्करणको क्वार्टरफाइनलबाटै बाहिरिएको कोलम्बिया जारी यसपाली सेमिफाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुट आउटमा हारेको थियो ।
कोपा अमेरिकाको फाईन खेल भोली बिहान ब्राजिल र अर्जेन्टिना बीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस