आफ्नै भाईद्वारा मारिए राष्ट्रिय अनुसन्धानका भोला सिंह

राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत भोला सिंहको आफ्नै भाइले हत्या गरेका छन्। विराटनगर-५ पृथ्वी चोक घर भएका र हाल खोटाङमा कार्यरत् ४२ वर्षीय भोला सिंहको हत्या भाइ साजन सिंहले गरेको प्रहरीले जनाएको छ। शुक्रबार राति चक्कु प्रहार गरी उनको हत्या गरेको प्रहरीले जनाएको छ।

लागुऔषध प्रयोगकर्ता साजनले मादक पदार्थ सेवन गरेर धारिलो हतियारप्र हार गरेर दाजुको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए। उनका अनुसार दाजु–भाइबीच परिवारिक विषयलाई लिएर विवाद र झगडा भएपछि राति १०:३० बजेतिर साजनले दाजुमाथि धारिलो हतियार प्रहार गरेको पाइएको छ।

गम्भीर घाइते भएका भोलालाई तत्काल प्रहरीले उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवम् विराटनगर अस्पताल पुर्यागइए पनि राति ११ बजेतिर चिकित्सकले मृत घोषित गरेको जिसीले बताए।

प्रतिक्रिया दिनुहोस