मुलुक भरि गत २४ घण्टामा १४३२ जना संक्रमित निको भए

काठमाडौं – गत २४ घण्टामा देशभर १ हजार ४३२ जना कोरोना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख १८ हजार ३६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर गरिएको ६ हजार ५३० पीसीआर र ३ हजार ८८७ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार १६९ जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ५४ हजार २१२ पुगेको छ।उक्त अवधिमा २२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ३६२ पुगेको छ।

कांग्रेस महाधिवेशन : नेताहरू गुटगत भेलामा व्यस्त

काठमाडौं । १४औं महाधिवेशन नजिकिँदै जाँदा नेपाली कांग्रेसका नेताहरूले सक्रियता बढाएका छन् । गुटगत भेलामा नेताहरू व्यस्त छन् भने क्रियाशील सदस्यता छानविन समिति पनि सक्रिय देखिएको छ ।

तर, क्रियाशील सदस्यताको छानविन चलिरहँदा समायोजनका नाममा क्रियाशील वितरण जारी रहेकाले त्यसमा कुरा नमिल्दा कार्यतालिका प्रभावित हुने आशंका पनि गरिएको छ । कोरोना महामारीकै बीच नेपाली कांग्रेसले आफ्नो महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।

साउन दोस्रो साताबाट तल्लो तहका अधिवेशन शुरू गर्ने कांग्रेसको कार्यतालिका छ । असार मसान्तभित्र क्रियाशील सदस्यता टुंगाउने गरि रमेश लेखक संयोजक रहेको छानविन समिति अहिले सक्रिय छ ।

कांग्रेस क्रियाशील सदस्यता नविकरण र नयाँ सदस्यता विवादको विषय करिब करिब टुंगिन लागेको समितिको दाबी छ । तर, समितिले छानविन र उजुरी हेरिरहँदा राप्रपा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक लगायत अन्य दफ परित्याग गरि आएकाहरूलाई समायोजनका नाममा क्रियाशिल वितरण रोकिएको छैन ।

जसमा संस्थापन ईतर समूहले गम्भीर चासो राखेको छ । समायोजनको विषय कांग्रेसभित्र बल्झन सक्ने क्रियाशील सदस्यता छानबिन समितिकै सदस्यहरू बताउँछन् ।

समायोजनका नाममा धेरै क्रियाशील सदस्यता वितरण गरिएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडल समूहले असन्तुष्टि राख्दै आएको छ । छानविन समितिमा रहेका संस्थापनइतर समूहका सदस्यहरूसँग पौडेलले विहीबार अलग्गै छलफल समेत गरेका थिए ।

त्यसोत महामन्त्री शशांक कोइरालाले असार मसान्तभित्र क्रियाशील सदस्यताको विषय नटुंगिए भदौमा महाधिवेशन सम्भव नहुने बताइसकेका छन् । तर, सभापति शेरबहादुर देउवाले भदौमा महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता रहेकाले महाधिवशेन जसरी पनि गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस