आजका लागि नेपाली बजारमा सुनको मूल्य घट्यो, यस्तो छ बजार मूल्य विवरण

काठमाडौँ: सुनको मूल्य आज घटेको छ। गत हप्ताका अन्तिम दिनमा लगातार बढिरहेको सुनको मूल्य आज भने घटेको छ । नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैंयाँले घटेको हो ।

आज छापावाला सुनको मूल्य ९२ हजार २ सय रुपैंयाँमा कारोबार भइरहेको छ ।त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैंयाँले नै घटेको छ।आज तेजाबी सुन ९१ हजार ७ सय रुपैंयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा रु ५ ले घटेको । आज चाँदी १३ सय १० रुपैंयाँमा कारोबार भैरहेको छ ।

जीवनकालमा कतै तपाईलाई ‘ब्लड प्रेसर लो’ भएमा कसरी जोगिने ? अपनाउनुहोस यस्ता कामलाग्ने उपाएहरु

उच्च रक्तचाप भएजस्तै कतिपयलाई ब्लड प्रेसर लो हुने गर्छ । कतिपय मानिसहरु हाई ब्लड प्रेसर भन्दा लो ब्लड प्रेसर कम खतरनाक हुन्छ भन्ने गर्छन। तर, रक्तचाप न्यून भएका बिरामीहरुले पनि समान हेरचाह र जीवनशैली परिवर्तन आवश्यक छ।

यी हुन् रक्तचाप बढाउने उपाय :

प्रसस्त पानी पिउने , मदिरापान नगर्ने

मदिरा पिउदा रक्तचाप बढ्छ भन्ने धारणा पनि पाइन्छ । हरेक १० ग्राम रक्सि पिउदा तपाईको प्रेस १ एमएमएचजीले बृद्धि हुन्छ । तर न्यून रक्तचाप छ भन्दैमा कहिल्यै पनि मदिरा पिउने गल्ति भने गर्नु हुँदैन । अत्यधिक अल्कोहलको मात्राले डिहाइडेसन हुन्छ र यसले झन् रक्तचापको मात्रा घटाउछ । मदिराको साटो बरु प्रर्याप्त मात्रामा पानी पिउनुहोस जसले तपाईको शरीरमा रक्त प्रबाह सशक्त र तीब्र हुन्छ । शरिरमा पानीको मात्रा बढी भएमा पनि न्यून रक्तचापबाट थोरै मात्रामा भएमा जोगिन सकिन्छ ।

नूनको मात्रालाई मिलाएर प्रयोग गर्ने

रक्तचाप बढी भएको अवस्थामा निश्चय नै नुनको मात्रा घटाउनु बुद्धिमानी हुनेछ । तर रक्तचाप कमि भयो भन्दैमा नुनको मात्रा बढाउनु कदापी राम्रो होइन । नुनको मात्रा बृद्धि गर्दा उच्च रक्तचापको खतरामा बढाउछ, अंगहरुलाई असर गर्छ र स्वास्थ्यसम्बन्धी अन्य जटिलता ल्याउछ । चिकित्सकले सुझाब दिएको दैनिक २ देखि ३ एमजी नुनमात्र प्रयोग गर्नुपर्छ ।

आकस्मिक शारिरिक गतिविधि परिवर्तन गर्ने

आँखा धमिलो देखिनु र टाउको हल्का दुख्नु न्युन रक्तचापका लक्षणहरु भएकोले शरिरको पोजिसन परिवर्तन गर्दा विशेष सावधानी पुर्याउनुपर्छ। बेडबाट उठ्दा वा बसिरहेको कुनै स्थानबाट उठ्दा यस्तो ख्याल गर्नुपर्छ । झटपट उठ्दा रक्तचाप न्यून भएको बेला आँखा धमिलो हुने वा दुर्घटना निम्तिन सक्छ । तसर्थ उभिनु भन्दा अगाडि पैतला र खुट्टालाई हल्का दबाउने ओछ्यानबाट उठ्नुअघि पनि ओछ्यानमा केही सेकेन्ड बसेर मात्र उभिने गर्नाले राम्रो हुन्छ।

उच्च कार्बोहाइड्रेडयुक्त खाना कम खाने

न्यून रक्तचाप भएका मानिसलाई सामान्यतया उच्च कार्बोहाइड्रेडयुक्त खानेकुरा खान सुझाब दिइदैन । कार्बोहाइडेडयुक्त खानेकुरा घटाउदा सिस्टोलिक ब्लड प्रेसर घट्ने र खाना खाएपछि हुने हाइपरटेन्सन (पोस्टपेन्डियल) घट्छ ।

तातो पानी र स्टिम नलिने

लामो समयसम्म तातो पानीले नुहाउदा वा वाफ लिदा आँखा धमिलो हुने र हल्का टाउको दुख्छ । तसर्थ आरामदायी वाथ ट्युबमा सुतेर तातो पानीले नुहाउनु हुँदैन।

बारम्बार खाना खाने

रक्तचाप न्यून भएका मानिसहरुमा खानापछि हाइपरटेन्सन वा आँखा धमिलो हुने समस्या हुने भएकोले एकै पटक धेरै खाना खानु हुँदैन। बरु हरेक दुई दुई घन्टामा थोरै थोरै खाने गर्दै शरीर अनि स्वास्थ्य दुबैलाई फाइदा पुग्छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस