यस्ता छन् सर्वोच्चको फैसालाका बुँदाहरु

सर्वोच्च अदालतले संसद् पुर्नस्थापना गर्ने सहितको फैसला दिएपछि देशभर राजनैतिक हलचल मच्चिएको छ । गत जेठ ९ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको अनुरोधमा राष्ट्रपति विधा देवि भण्डारीले मध्यरातमा संसद् विघटन गरेसँगै सर्वोच्चमा प्रतिनिधि सभा विघटन मुद्दा चलिरहेको थियो ।

सोही मुद्दाको फैसला दिने क्रममा सर्वोच्चले आज कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परामादेश सहितको फैसला दिएको छ । सर्वोच्चले यो सँगै अन्य के बुँदा उल्लेख गरेको छ ।

सर्वोच्चले चाँडो भन्दा चाँडो संसद अधिवेशन आह्वान गरी बैठक बोलाउन भनेको छ । साथै भोली साँझ सम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने निर्देशन दिएको छ त्यसैगरी ओलीले प्रधानमन्त्रीमा गरेको दावी संविधान सम्मत नभएको र देउवाले १४९ जना सांसदको हस्ताक्षरसहित गरेको दावीअनुसार उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्न भनेको छ ।

सर्वोच्चले जुन विन्दुबाट संविधानको प्रक्रिया मिचिएको हो, त्यही बिन्दुबाट प्रक्रिया अघि बढाइ देउवालाई प्रम बनाउन र विश्वासको मत लिने प्रक्रियातर्फ अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस