सर्वोच्चको फैसलापछी माधव नेपालको देउवालाई फोन

नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् । प्रतिनिधी सभा विघटन मुद्दाको फैसला सर्वोच्चले दिएसँगै माधव नेपालले देउवालाई फोनमार्फत बधाई दिएका हुन् ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई बदर गर्ने सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै नेपालले देउवालाई फोन गरेर बधाई दिएका हुन्।

सर्वोच्च अदालतले देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ। देउवालाई एमालेका माधव नेपाल पक्षका २६ सांसद्ले हस्ताक्षर गर्दै प्रधानमन्त्रीका लागि समर्थन गरेका थिए। तर, राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको दाबीलाई पनि अस्वीकार गरेकी थिइन्। त्यसपछि भएको प्रतिनिधि सभा विघटन विरुद्ध नेपाल पक्षका २३ सांसद् समेतको हस्ताक्षर सर्वोच्चमा रिट दायर गरिएको थियो।

प्रतिक्रिया दिनुहोस