परराष्ट्रमन्त्रीमा बिनोद चौधरीको चर्चा

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेपछी नयाँ बन्न लागेको मन्त्रिमण्डलमा उधोगपति बिनोद चौधरीको चर्चा चलेको छ ।
नयाँ बन्ने मन्त्रिमण्डको नेतृत्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन् । नेकपा माओवादी र जनता समाजवादी पार्टीलाई समेत सरकारमा सहभागी गराउने देउवाको तयारी छ ।

आजै सानो आकारको मन्त्रिपरिषद् गठनको तयारीमा रहेका देउवाले पार्टीभित्र र गठबन्धनमा परामर्श गरिरहेका छन् । नयाँ सरकार गठनको प्रक्रिया शुरू भएसँगै नेपाली कांग्रेसभित्र सम्भावित मन्त्रीको नामबारे चासो बढेको छ । यही चासोका बीच कांग्रेस सांसदसमेत रहेका अर्बपति विनोद चौधरीलाई मन्त्री बनाउनेबारे पनि कांग्रेसमा छलफल शुरू भएको छ ।

चौधरीलाई मन्त्री बनाउनेबारे सभापति देउवासहितका नेताले सकरात्मक प्रतिक्रिया दिए पनि निर्णय गरिसकेका छैनन् । गठबन्धनमा मन्त्रालय बाँडफाँड हुँदा कांग्रेसको भागमा कुन-कुन मन्त्रालय पर्ने निश्चित भइसकेको छैन । आफ्नो विशेषज्ञताको क्षेत्र भएकोले परराष्ट्र मन्त्रालयको नेतृत्व गर्न तयार रहेको चौधरीले शीर्ष नेताहरूलाई अवगत गराएका छन् ।
उधोगपति बिनोद चौधरीको बाहिरि देशसँग पनि मित्रता प्रगाढ भएको कारण उनलाई परराष्ट्र मन्त्रालय दिने चर्चा चलेको हो ।

प्रतिक्रिया दिनुहोस