नाक लामो भएकै कारण नराम्री झैँ लाग्ने यी युवतीले नाक राम्रो बनाउने भन्दै अस्पताल गइन् तर उल्टै दुबै खुट्टा गुमाएर आइन्

एउटी महिला आफ्नो नाकलाई अलिक सानो बनाउन चाहन्थिन् । उनलाई नाकको कारण आफ्र नराम्रो छु भन्ने लाग्दथ्यो । उनका साथीहरुले उनलाई प्लाष्टिक सर्जरी गर्न सुझाए र उनी अस्पताल गइन् । अस्पतालबाट फर्किदा भने उनको जीवन एक नराम्रो सपना जस्तै भयो । उनको नाक त उनले भने झैं आफ्नो ठाउँमा आयो तर उनका दुबै गोडा ठाउँमा थिएनन् ।

२५ बर्षे सेभिंक सेक्लिकको नाक सानो बनाउनको लागि टर्कीको राजधानी इस्तानबुलको निजी अस्पतालबाट नाक घटाउने श ल्यक्रि या गरियो । सेभिंकलाई थाहा थिएन कि यो श ल्यक्रि या उसको खुट्टा नहुनुको एक दिन कारण बन्छ । मिडिया रिपोर्टका अनुसार दुई घण्टा लामो श ल्यक्रि या पछि उनको अवस्था ठीक थियो, तब डाक्टरहरूले उनलाई घर पठाए । घर जाँदै, सेभिंक ज्वरो बढ्यो । यद्यपि अस्पतालले भन्यो कि उसको अवस्था ठीक छ । दिन प्रतिदिन अवस्था झन् झन् खराब हुँदै गयो ।

शल्यक्रिया पछि उनी खाना पनि नखाई बिरामी परिरहिन् । उसको खुट्टा कालो भएको थियो। अवस्था गम्भीर बनेपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । पछि जीवन बचाउन, खुट्टा का टि ए को थियो । अस्पतालले उनले खाएको चिकेनबाट फुड पो इ ज न भएर उनको खुट्टामा समस्या आएको बताएको छ । अदालतले यस सम्बन्धमा विज्ञ प्रतिवेदन खोजेको छ । २०२१ अप्रिलमा विज्ञको प्रतिवेदन पछि अदालतले यसबारे निर्णय लिने छ ।

यो पनि , बिएन्डबी अस्पतालले बाल सघन उपचार कक्ष सुभारम्भ गर्‍यो

काठमाडौं । बिएन्डबी अस्पताल ललितपुरले बाल सघन उपचार कक्ष शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । बिएन्डबी अस्पतालमा सुविधा सम्पन्न बाल सघन उचार कक्षको अस्पतालका निर्देशकद्धय प्रा.डा. जगदिशलाल वैद्य र प्रा.डा.अशोककुमार बाँस्कोटाले फागुन १४ गते अर्थात शुक्रबार उद्घाटन गरेका हुन् ।

अस्पतालले आफ्नो सेवा विस्तार गर्ने कार्यक्रम अन्र्तगत बाल सघन उपचार कक्ष सञ्चालनमा ल्याएको हो । शुक्रबारबाट बिएन्डबी अस्पतालले सुविधा सम्पन्न १० बेडको एन आइसियु सञ्चालन ल्याएको छ । बिएन्डबी अस्पतालले अब बालबालिका सम्बन्धी सम्पूर्ण रोगको उपचार उदेश्यले बाल सघन उपचार कक्ष सञ्चालनमा ल्याएको हो । यस बाल उपचार कक्षले बाल मृत्यु दरलाई रोक्न अहम भूमिका खेल्ने अस्पतालले जनाएको छ ।

बिएन्डबी अस्पतालमा जन्मेका केही बच्चालाई अन्य अस्पतालमा लगेर उपचार गर्नुपर्ने बाध्यता अबदेखि हटेको अस्पतालका निर्देशक प्रा.डा. जगदिशलाल वैद्यले बताए । सुत्केरी यस अस्पतालमा भएपनि कुनै महिलाले महिना नपुग्दै बच्चा जन्माउँदा बच्चा बिरामी भएको खण्डमा अन्य अस्पतालमा लगेर महिनैसम्म उपचार गराउनुपर्ने बाध्यता हटेको समेत उनले सुनाए ।

अब आमासँगै बच्चाहरूलाई पनि विशेषज्ञ टोलीले सेवा दिन सक्ने उनको भनाइ छ । बिएन्डबी अस्पतालले अन्य रोगका बिरामीलाई झैँ बाल रोगीलाई पनि गुणस्तरीय सेवा उपलब्ध गराउने निर्देशक प्रा.डा.अशोककुमार बाँस्कोटाले बताए । कोरोना महामारी कालमा बिएन्डबी अस्पतालले सर्वसाधरणलाई स्वास्थ्य सेवा सहजमा उपलब्ध गराएको उनले सुनाए । महामारी कालमा अस्पताललाई आर्थिक रुपमा कठिनाइ आएपनि स्वास्थ्यकर्मी तथा कर्मचारीलाई खाइपाई आएको तलब समयमै उपलब्ध उनको भनाइ थियो ।अस्पतालले सर्वसाधारणका लागि स्वास्थ्यसम्बन्धी गुणस्तरीय सेवा दिँदै आएकाले आगामी दिनमा पनि सघन बाल उपचार कक्षबाट थप स्तरिय र प्रभावकारी सेवा दिने उनको जिकिर थियो ।

प्रतिक्रिया दिनुहोस