४ महिना पहिले लगानी गर्दा साथीले पागल भने, ४ महिनामै डगक्वाइनबाट करोडपति

काठमाडौं। यही वर्षको फेब्रुअरीमा ग्लाउबर कन्टेसोटोले आफ्नो जीवनभरको कमाइ क्रिप्टोकरेन्सी डगक्वाइनमा लगानी गर्ने निर्णय गरे । त्यतिबेला उनका साथहिरुले उनको निकै मजाक उडाए । साथहिरुले उनलाई पागल भन्थे । उनीहरु डगक्वाइनलाई मजाक भन्थे । उनहिरुले डगक्वाइन छिटै क्र्यास हुन लागेको पनि भने । तर, ग्लाउबरले सोच बलियो बनाइसकेका थिए त्यसैले उनले डगक्वाइनमा लगानी गरे ।

उनले आफ्नो जीवनभरको कमाइ अढाइ लाख डलर डगक्वाइनमा लगानी गरे । अहिले ४ महिनापछि उनले लगानी गरेको अढाइ लाखको मूल्य २ मिलियन अर्थात २० लाख अमेरिकी डलर पुगेको छ । यससँगै उनी डगक्वाइनबाट मिलियनेयर बन्ने पहिलो आम सर्वसाधारण व्यक्ति बनेका छन् ।

न्यूयोर्क टाइम्सका अनुसार ३३ वर्षका कन्टेसोटो लस एन्जल्सको उक मिडिया कम्पनीमा काम गर्छन् । कन्टेसोटोले कलेजको अध्ययन पूरा गर्न पाएनन् । उनले कुनै वित्तिय प्रशिक्षण पनि लिएका छेनन् । तर, उक भाग्यशाली लगानीकर्ताको जस्तै उनको भाग्य पनि बदलिएको छ । फेब्रुअरीमा उनले क्रिप्टोकरेन्सीमा लगानी गर्ने निर्णय गर्दा क्रेडिट कार्डबाट लगानीको सुरुवात गरेका थिए ।

लगानी गर्न सुरु गरेपछि उनले आफ्नो सबै बचत डगक्वाइनमा लगानी गर्दै गए । अहिलेसम्म उनले आफ्नो बैंक खाता पनि खाली गरेर लगानी गरिसकेका छन्। विस्तारै डगक्वाइनको प्रचलन बढ्दै गएको छ । कन्टेसोटो भन्छन् ‘म जोखिम लिन डराउँदिन । मैले सधैं बजारको गिरावटलाई अवसरको रुपमा हेरें र पूँजी लगानी गरें ।

म मान्छु जब बजारमा गिरावट आइरहेको हुन्छ त्यतिबेला सस्तोमा लगानी गरेर ढुक्का भएर बस्नुस् । त्यो एक समय निश्चय माथि जानेछ र तपाइँलाई फाइदा दिनेछ ।

प्रतिक्रिया दिनुहोस