इन्धन मुल्य सहजीकरण गर्न भारतद्धारा ओपेक लाई आग्रह

नयाँ दिल्ली । भारतले इन्धन निर्यात संगठन ओपेक लाई सहज मुल्यमा इन्धन आपुर्ति गर्न माग गरेको छ ।भारत सरकारले ओपेकलाई इन्धन आपुर्ति बढाउँदै मुल्य सहजीकरण गर्न माग गरेको छ ।

ओपेक माहासचिव महम्मद सनुसि बर्किन्दो सँग बैठकमा भारतीय इन्धन मन्त्री धरमेन्द्र प्रधानले कच्चा इन्धनको मुल्यवृद्धिले ग्राहक र अर्थतन्त्रमा असर पार्ने भन्दै मुल्य सहजीकरण गर्न आग्रह गरेका छन् ।

इन्धन मन्त्री प्रधानले कच्चा इन्धन को मुल्य वृद्धिले ग्राहक तथा कोरोना माहामारीले असर पारेको अर्थतन्त्रमा थप धक्का पुग्ने भन्दै मुल्य सस्तो बनाउन ओपेक माहासचिव बर्किन्दोलाई आग्रह गरेका छन् ।

विश्वकै तेस्रो ठुलो इन्धन आयातकर्ता भारतले ठुलो हिस्सामा ओपेक सदस्य राष्ट्रहरुबाट इन्धन आयात गर्ने गरेको छ । मुख्यगरि खाडी तथा मध्यपूर्वी मुलुकहरु सदस्य राष्ट्र रहेको इन्धन निर्यात संगठन ओपेकले विश्वमा ४० प्रतिशत इन्धन उत्पादन गर्दै आएको छ । स्रोत द इकोनोमिक टाईम्स

प्रतिक्रिया दिनुहोस