मेस्सी बार्सिलोना सँगै,नविकरण गरे सम्झौता

अर्जेन्टिनाका स्ट्राईगर लियोनल मेस्सीले बार्सिलोनासँगको खेल सम्झौता ५ बर्ष लागि पुंन नविकरण गरेका छन् । यसअघि गत जुन ३० मा मेस्सीको बार्सिलोना सँगको सम्झौता सकिएको थियो ।

अन्तराष्ट्रिय खेल एजेन्सीका अनार उनले बार्सिलोनामा वार्षिक १ सय २३ मिलियन पाउण्ड तलव लिँदै आएको बताइन्छ । आर्थिक भार कम गर्नका लागि बार्सिलोनाले स्ट्राइकर एन्टोइन ग्रिजमनलाई एट्लेटिको मड्रिडका मिडफिल्डर साउल निगुजसँग साट्ने प्रस्तावसमेत गरेको छ ।

सन् २००० देखि बार्सिलोनामा रहेका मेस्सीले बार्सिलोनाका लागि कीर्तिमानी ६ सय ७२ गोल गरेका छन् । उनले १० पल्ट ला लिगा, चारपल्ट च्याम्पियन्स लिग, ७ पल्ट कोपा डेल रेसँगै ६ पल्ट बेलोन डि’ओरको ट्रफी जितेका छन् ।

यसअघि मेस्सीको सम्झौता सकिएपछि म्यानचेस्टर सिटिसँग आवद्द हुने समाचार पनि आएको थियो । तर त्यसलाई गलत सावित गर्दै मेस्सी पुंन बार्सिलोना सँग अनुबन्ध हुन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस