घट्यो पेट्रोलियम पदार्थको मूल्य,

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य घटेको छ । बुधबार नेपाल आयल निगमले एक विज्ञप्ती जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।जारी विज्ञप्ति अनुसार निगमले पेट्रोल, डिजेल र मट्टितेल लिटरमाएक एक रुपैयाँले घटाएको हो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा संयुक्त ५ विद्यार्थी संगठन आन्दोलनमा उत्रेपछि निगमले लिटरमा एक रुपैया घटाएको हो । अब पेट्रोल लिटरको १ सय २८ रुपैयाँ र डिजेल, मट्टितेल लिटरको १ सय ११रुपैयाँ कायम भएको छ । यो मूल्य बुधबार राती १२ बजेबाट लागू भइसकेको छ ।

काठमाण्डाै – आज पाँच वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश एक, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसो ठूलो पानी पर्ने सम्भावना छ । अहिले पनि प्रदेश एक, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

राति पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । पर्सि शनिवारदेखि देशैभरि मनसुन थप सक्रिय हुने भएकाले लगातार पानी पर्ने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस