१५ सय किलोको तौल भएको एउटै माछा भारतमा भेटियो , तर पनि माझीहरु खुसि भएनन्

असार । भारतको विशाखापटनममा १५ सय किलो तौल भएको एउटै माछा भेटिएको छ । स्थानीय समुन्द्रमा माझीहरूले १५ क्विन्टल तौल भएको एउटा माछा मारेका हुन् ।

शार्क प्रजातिको त्यो माछाको तौल १५ सय किलोग्राम र लम्बाइ झण्डै १३ फिट रहेको बिबिसीले जनाएको छ । समुद्रमा फेला परेको उक्त माछालाई किनारामा ल्याउन माझीहरुको समूहलाई तीन घण्टा लागेको थियो ।

तर, मारिसकेपछि भने उक्त माछा खान मिल्ने खालको नभएको पाइएको थियो । त्यो खान मिल्ने माछा नभएको थाहा पाएपछि माझीहरू निराश भएका थिए । जानकारहरुले उक्त माछा खान नहुने बताएपछि फेरि त्यसलाई समुद्रमै फ्याँकिएको थियो ।

त्यस्तै एउटा प्रजातिको माछा आश्चर्यजनक रूपमा लामो समय अर्थात् एक शताब्दीसम्मै बाँच्न सक्ने एउटा नयाँ अध्ययनले सङ्केत गरेको छ। कुनै बेला लोप भइसकेको ठानिएको उक्त माछालाई ‘लिभिङ फसिल’ ‘अर्थात् सजीव जीवावशेष’ मानिन्छ।

सीलक्यान्थ भनिने उक्त माछाको आयु पहिला २० वर्षजति हुने ठानिएको थियो। तर नयाँ आकलनअनुसार शार्कजस्तै उक्त जलचर १०० वर्षजति बाँच्ने देखिएको छ। उक्त माछाको आयु निर्धारण गर्न फ्रान्सेली अध्ययनकर्ताहरूले सङ्ग्रहालयमा सङ्कलित कत्लाको अध्ययन गरेका थिए।

प्रतिक्रिया दिनुहोस