राष्ट्रपतिद्वारा संसद् अधिवेशन आव्हान

काठमाडौं । गत आईतबार सर्वोच्च अदालतले प्रतिनिधि सभा बिघटन मुद्दालाई बदर गरेर प्रतिनिधी सभा पुर्नस्थापना गरेपस्चात् नेपालको नयाँ प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा चयन भएका छन् । सर्वोच्चले प्रतिनिधि सभा पुर्नस्थापना सँगै देउवालाई प्रधानमन्त्री बनाउने गरी परामादेश पनि जारी गरेको थियो । यसका साथै सर्वोच्च अदालतले तत्काल संसद् अधिवेशन चलाउने भनेर आदेश पनि जारी गरेपछी सरकारले आगामी साउन ३ गते संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ३ गते आइतबार ४ बजे दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम असार ३१ गते बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालय शीतल निवासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
राष्ट्रिय सभा र प्रतिनिधी सभामा अधिवेशन शुरुवात भएपछि निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनका लागि प्रक्रिया अगाडी बढाउने छन् ।

प्रतिक्रिया दिनुहोस