जर्मनी र बेल्जियमा अत्याधिक बर्षाका कारण भयाबह अवस्था ७० बढिको मृत्यु

काठमाडौं । अत्यधिक वर्षाका कारण जर्मनी र बेल्जियमका नदीहरूको बहाव बढेसँगै कम्तीमा ७० जनाको मृत्यु भएको छ।धेरैको क्षति जर्मनीमा भएको छ। बेल्जियममा भने कम्तीमा ११ जनाको मृत्यु भएको छ भने हराइरहेका मानिसहरूको सङ्ख्या धेरै रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

जर्मनीको राइनल्यान्ड पलाटि-नट र नर्थ राइन वेस्ट-फेलिया प्रान्तले बाढीको सबैभन्दा भयावह मार खेप्नुपरेको बताइएको छ। नेदरल्याण्डसमा पनि व्यापक प्रभाव परेको छ।

शुक्रवार उक्त क्षेत्रमा झन् धेरै पानी पर्ने पूर्वानुमान गरिएको छ। अधिकारीहरूले जलवायु परिवर्तनका कारण विपद्को पछिल्लो घटना भएको बताइरहेका छन्।
विज्ञहरूले जलवायु परिवर्तनका कारण मौसमको कठोर प्रभावका घटना तीव्र रूपमा दोहरिरहने ठानिएको तर कुनै एक्लो घटनालाई त्यससँग जोड्नु जटिल भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस