डाक्टर बन्ने सपना देखेर अभिनेत्री बनेकी मनिषाको घर कुनै राजमहल भन्दा कम छैन ( तस्विरमा हेर्नुहोस )

पालमा जन्मेर बलिउडमा राज गर्ने एक मात्र नायिका हुन मनिषा कोइरला । बलिउडमा उनको अभिनय रहेको फिल्म संजुले पनि अपार सफल्ता प्राप्त गर्याे । मनिषा को लागि फिल्म संजु निकै फाइदाजनक साबित भयो। संजुमा उनलाई नर्गिसको रोलमा निकै मन पराइएको थियो।

२०१२ सालमा उनि क्यान्सरको शि कार भएकी थिइन्। तर क्यान्सरलाई उनले जितेकी छिन्। पछिल्लो समय मनिषा सामाजिक संजालमा निकै एक्टिभ छिन्। उनि सधै सुन्दर तस्विरहरु शेयर गरिरहन्छिन्। साथै उनले आफ्नो घरलाई निकै सुन्दर तरिकाले सजाएर राखेकी छिन्।

उनले आफ्नो रूमको डिजाइनमा अधिकांश फुलको प्रयोग गरेकी छिन्। मनीषाको घरको सोफा र पर्दाको रंग पनि उस्तै छ।उनले आफ्नो घरमा गरिएको अधिकांश सजावटको समान विदेशबाट ल्याएकी थिइन्।

नेपाली काँग्रेसका संस्थापक नेता वीपी कोइरालाकी नातिनी मनिषा कोइराला फिल्मी दुनियाँमा खुबै जमिन् । बलिउड नायिका बनेर कुनै बेला खुबै धुम मच्चाएकी उनी क्यान्सरको संक्रमणपछि निष्कृय भइन् । तर, रोगलाई जितेपछि पुनः मुम्बई फर्केर सक्रिय भइन् ।

मनिषाको सम्राट उपाध्यायसँगको विवाह लामो समय टिकेन । घरजम गर्ने उनको रहर रहरमै सिमित भयो । त्यसपछि केही समय विचलित भएकी उनी फेरि जागिन् । तर, मुम्बईको फिल्मी नगरीमा हराएजस्तै भइन् ।

पछिल्लो समय नेपाल र भारतबीच सिमा विवादमा मनिषाको भनाईले चर्चा पायो । उनले सिमा विवादमा ट्वीटर गरेर देशभक्ति देखाइन् । त्यसप्रति उनको भारतीय नागरिकहरुबाट चर्को आलोचना भयो । नेपालको राजनीतिकवृत्तमा मनिषा फेरि चर्चामा पुगिन् । उनी राजनीतिमा आउने चर्चा पनि भयो । तर, उनले राजनीतिमा कदापि नआउने बताइसकेकी छिन् । यद्यपि, उनी राजनीतिमा आउने ढोका भने पूर्ण रुपमा बन्द भएको छैन ।

अहिले मनिषा मुम्बईबाट काठमाडौं स्थल मार्गबाट फर्किएकी छिन् । लामो यात्राबाट उनी परिवारसहित फर्कनुलाई अर्थपूर्ण मानिएको छ । यसले पनि चर्चा पाएको छ ।

मनिषा कुनै समय राजसंस्थाको पक्षमा बोलेर चर्चामा आएकी थिइन् । उनी र परिवारको सम्बन्ध तत्कालिन राजपरिवारसँग भएको विषय नउठेको होइन । उनका बाबु प्रकाश कोइराला राजसंस्थाका पक्षधर थिए । तत्कालिन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा मन्त्री बने । वीपीपुत्र प्रकाशको राजाको शासनकालमा मन्त्री बन्नुलाई आश्चर्य मानियो । त्यसपछि उनको राजनीतिक जीवनमा ठुलो धक्का लाग्यो ।


अहिले कोइराला परिवारको मातृका, वीपी र गिरिजाप्रसाद कोइरालापछिको दोस्रो पुस्तामा डा. शेखर कोइराला, सुजाता कोइराला र डा. शशांक कोइराला सक्रिय राजनीतिमा छन् । उनीहरु काँग्रेसको भावी नेतृत्वको दाबेदार पनि हुन् । त्यसपछिको पुस्तामा सिद्धार्थ कोइराला राजनीतिमा आएपनि त्यति राम्रो संकेत देखिएन । धेरैले मनिषालाई राजनीतिमा ल्याउन चाहे । तर, मनिषाले चाहिनन् । उनले स्वास्थ्यको कारण पनि देखाइन् । अहिले पनि मनिषा स्वास्थ्यको कारण देखाउँदै राजनीतिमा आउन नचाहेको बताउने गरेकी छिन् ।

कोइराला परिवारको ब्रान्ड मनिषासँग छ । त्योमाथि उनी फिल्मी दुनियाँमा छाएकाले चिनिएकी मध्येकी हुन् । उनका लागि राजनीति रगतमै हुनु र पहिचान पनि हुनुले सहज बन्न सक्छ । तर, मनिषा आफैले इच्छा नदेखाइरहँदा त्यो सम्भावना न्युन छ । तर, उनको चाहना भने नभएको होइन । सिमा विवादमा मनिषाले जसरी आफ्नो धारणा बाहिर ल्याइन् त्यसले पनि उनको राजनीतिमा चाहना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस