३० लाख डोज कोरोना खोप नेपाल आउँदै

काठमाडौं । चीनबाट आगामी केहि दिनमा न्युनतम ३० लाख डोज खोप नेपाल आउने भएको छ । खोप आउने भएपछि नेपाल वायूसेवा निगमले उडान तालिका पनि सार्वजनिक गरेकोब छ । यहि क्रममा आगामि बिहिबार चीनबाट १० लाख डोज खोप नेपाल आउदै छ । आगामी बिहिबार खोप लिनका लागि नेपालबाट विमान चीनको बेइजिङ जाने भएको छ ।

यस्तै साउन ७ गते पुनः जहाज गएर साउन ८ गते र साउन ९ गते गएर जहाजले साउन १० गते खोप नेपाल ल्याउने छ । चीन सरकारसँग ननडिस्क्लोजर सम्झौताअनुसार सरकार ‘भेरोसेल’ खोप खरीद गरेर ल्याउन थालेको हो । यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो । सरकारले चीनबाट खोप ल्याएपछि नियमितरुपमा खोप अभियान पनि सञ्चालन गरिरहेको छ ।

चीनबाट यसअघि खरिद गरिएको ८ लाख डोज खोप आइसकेको छ भने अब ३२ लाख डोज खोप आउन बाँकी छ । कोरोना भाईरसको महामारीलाई न्यूनिकरण गर्न सरकारले भ्याक्सिनको खरिद र सबैलाई सहज रुपमा भ्याक्सिन पुर्याउन कम्बर कसेर लागिपरेको छ ।

यो पनि पढ्नुहोस्

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालका नेताहरू स्थायी कमिटी बैठक भइरहेको स्थलमा पुगेका छन्। च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा अध्यक्ष केपी शर्मा ओलीसहित उनी पक्षका नेताहरूको बैठक बसिरहेका बेला नेपाल पक्षका नेताहरू पनि पुगेका हुन्।

बैठकस्थलमा उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र भीम आचार्य पुगेका छन्। उनीहरूले आफूहरू बैठकमा सहभागी हुन नभई बैठक रोकौं भन्नका लागि आएको बताए।

‘तपाईंहरू बैठकमा सहभागी हुन आउनुभएको हो ?’ भन्ने प्रश्नमा उपाध्यक्ष रावलले भने,‘होइन, बैठक रोकौं भनेर आएका हौं।’ बैठकस्थलमा पुगेका नेताहरूमध्ये भीम आचार्यबाहेक सबै पार्टी विवाद समाधान कार्यदलका सदस्य हुन्।

प्रतिक्रिया दिनुहोस