एमालेले खारेज गर्यो विवाद मिलाउने भनिएको कार्यदल

काठमाडौं । नेकपा एमालेले पार्टी एकता गर्न बनेको १० सदस्यीय कार्यदल खारेज गरेको छ । शुक्रबार बसेको स्थायी समितिको बैठकले १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्यदल विघटन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

त्यस्तै बैठकले देउवा नेतृत्वको सरकारको विपक्षमा उभिन आफ्ना सांसदहरुलाई निर्देशन समेत दिएको छ ।त्यस्तै अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ऐतिहासिक काम गरेको भन्दै बैठकले धन्यवाद व्यक्त गरेको छ ।

बैठकको शूरुवात तीर एमाले माधव नेपाल पक्षका नेताहरु पनि बैठक स्थल पुगेका थिए । माघव गुटका नेताहरुले बैठक रोक्न लगेको प्रस्ताव एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक रोक्न अस्वीकार गरेका छन् । ओलीले बोलाएको स्थायी समिति बैठक केही दिन रोक्न र पार्टी एकतामा जोड दिन माग गर्दै माधव पक्षिय नेताहरु बैठक स्थल पुगेका थिए । बैठकस्थल पुगेर रावल लगायतका नेताहरूले पार्टी एकता जोगाउन र कार्यदलको प्रस्ताव कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । तर ओलीले बैठक नरोक्ने अडान दोहोर्‍याउँदै बैठक जारी राखेका थिए ।

बैठकस्थलबाट बाहिरिने क्रममा उपाध्यक्ष भीम रावलले एमाले एकता प्रक्रिया थप जटिल बन्दै गएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस