मैले मेरो बुवाका कारण अहिलेसम्म विहे गर्न सकिन्, ४६ वर्षपछि एकता कपूरले गरिन् गम्भीर खुलासा

काठमाडौं । बलिउडमा ‘टिभी क्वीन’ अर्थात टेलिभिजनकी राजकुमारी भनेर परिचित एकता कपूर आज आफ्नो ४६औं जन्मदिन मनाउँदैछिन् ।अभिनेता जीतेन्द्र र शोभा कपूरकी छोरी एकताले धारावाहिकबाट बलिउडमा धेरै नाम कमाउन सफल भएकी छिन् । एकता एक सफल निर्देशक, लेखक र निर्माता हुन् ।

एकता उनकी आमा शोभा कपूरकी प्यारी छोरी हुन् । एकता र शोभा कपूर बालाजी टेलिफिल्म्समा साझेदार छन् ।त्यतिखेर, बुबाबाट आर्थिक सहयोग पाएपछि एकताले टिभी धारावाहिक निर्माण गर्न थालिन् । एकताले १९ वर्षको उमेरमा आफ्नो क्यारियर शुरू गरेकी थिइन् ।

आज, जन्मदिनको अवसरमा हामी तपाईंलाई एकता कपूरसँग सम्बन्धित केही रोचक कुरा बताउछौं ।एकता कपूरलाई धेरै कलाकारहरू भगवानको रुपमा लिन्छन् । उनले भर्खर बलिउडमा प्रवेश गर्न खोजेकाहरुलाई आफ्नो धारावाहिकमा लिएर चर्चित बनाउने गर्छिन् ।

एकताले विद्या बालनदेखि स्व. सुशांत सिंह राजपूतलाई आफ्नो धारावाहिकमा अवसर दिएकी थिइन् । आज उनका धारावाहिकमा काम गरेका धेरै अभिनेता–अभिनेत्रीहरू बलिउडमा नाम कमाउँदैछन् ।

आजका दिनमा टिभीका सबैभन्दा महँगा कलाकार राम कपूर पनि एकता कपूरको धारावाहिकमा सहभागी भएर वास्तविक पहिचान बनाउन सफल भएका हुन् ।एकताले आमा शोभा कपूरसँगै सबै व्यवसाय सम्हाल्छिन् । एकताले अहिलेसम्म करीव ४० धारावाहिक बनाइसकेका छन ।

तपाईंलाई जानकारी नहुन सक्छ कि एकताले बलिउडमा ‘क्योंकि मैं झूठ नहीं बोलता’ बाट डेब्यु गरेकी थिइन् ।

त्यसपछि उनी आफैंले धेरै फिल्महरू निर्देशन गरिन् । एकताका राम्रा फिल्महरूमा ‘सुटआउट एट लोखन्डवाला’, ‘वन्स अपन ए टाईम इन मुम्बई’, ‘द डर्टी पिक्चर’, ‘रागिनी एमएमएस’, ‘शोर इन द सिटी’, ‘क्या कूल हैं हम’ रहेका छन् ।

एकता कपूरले उनको भाई अभिनेता तुषारलाई लिएर पनि धेरै फिल्म बनाइसकेकी छिन् । तर तुषार भन्दा बढी एकताले बलिउडमा नाम कमाएकी छन ।कता कपूरको प्रायः चलचित्र वा धारावाहिक बोल्ड दृश्यले भरिएका हुन्छन् । तर मानिसहरूले उनका शोहरू मन पराउँछन् ।

उनको धारावाहिकका माध्यमबाट धेरै कलाकारहरूले करोडौं दर्शकहरुको घर–घरमा परिचय बनाउन सफल भएका छन् । एकतालाई एशिया वीक पत्रिकाले ‘एशियाको सब भन्दा शक्तिशाली कम्युनिकेटर’ मध्ये एकको रूपमा चयन गरेको थियो ।

एकता कपूरलाई उनको सफलताको लागि भारतीय टेलिभिजन एकेडेमी पुरस्कार, भारतीय टेली पुरस्कार, कलाकार पुरस्कार, एशियाली टेलिभिजन पुरस्कारबाट सम्मानित गरिएको छ ।

व्यवसायीक जीवनमा थुप्रै धमाका मच्चाएकी उनी, अझै कुमारी छिन् । एकताले यसबारे कुरा गर्दा एक पटक आफ्ना बुवाले गर्दा आफुले विहे गर्न नसकेको भनेकी थिइन् ।

एकताले आफ्ना बुबाको एक सर्तका कारण अहिलेसम्म बिहे नगरेको बताइन् । नत्र उनी २२ वर्षको उमेरमा घरबार बसाउन चाहन्थिन् ।

बिहेको प्रश्नमा एकता कपूरले भनेकी थिइन्, ‘जब म १७ वर्षकी थिएँ, तब मेरो बुबाले भन्नुभएको थियो कि विवाह गर वा पार्टी (मोज, मस्ति) गर्नुको सट्टा काम गर, जस्तो कि म चाहन्छु ।

बुवाले मलाई पकेटखर्च पैसा बाहेक अरू केही नदिने भन्नुभयो । त्यसपछि पैसा कमाउनको लागि, मैले एउटा विज्ञापन एजेन्सीमा काम गर्न शुरू गरें ।’

एकता कपूर अझै भन्छिन्, ‘म त्यहाँको अवस्था हेर्दा राम्रो महसुस गरिरहेको थिएँ र सोचें कि मेरो जीवन ठीक छ । म २२ वर्षको उमेरमा विवाह गर्नेछु र जीवनको आनन्द लिन्छु ।

तर दुर्भाग्यवश वा भाग्यले हामी जे सोच्छौं, त्यो कहिले हुँदैन । मैले हम पञ्च भन्ने कार्यक्रमको लागि पाइलट शूट गर्ने निर्णय गरें र यसलाई जी टिभीमा बेचें । तब म वर्षकी थिए जब यो अनइएर भयो । शो हिट भयो र मेरा सबै मार्गहरू परिवर्तन भए ।’ त्यसपछि उनलाई विवाह गर्न मन लागेन् ।

एकता कपूर २०१९ मा सरोगेसी (विवाहित दम्पतिबाहेक अर्को व्यक्तिमार्फत सन्तान प्राप्ति गर्ने, बच्चाको पितृत्व एवं मातृत्वको निर्धारण गर्ने र बच्चा एवं आमाबाबुको हक अधिकार र दायित्व निर्वाह गर्ने व्यवस्थालाई सरोगेसी सेवा भनिन्छ ।

यो कतिपय देशहरुमा अहिले पनि अवैधानिक मान्ने गरिएको छ । )को माध्यमबाट आमा बनेकी छिन् । एकता कपूरले आफ्नो छोराको नाम रवि कपुर राखेकी छिन् ।

एकता कपूर ज्योतिषशास्त्र र अंकशास्त्रमा धेरै विश्वास गर्छिन् । केही ज्योतिषीले उनलाई कालो लुगा लगाउन सल्लाह दिएका थिए, त्यसबेलादेखि उनी सँधै कालो कपडा लगाउँदै आएकी छिन् । ज्योतिषीय सुझावका कारण एकताका अधिकांश चलचित्र र धारावाहिकहरू ‘क’ अक्षरबाट शुरु हुन्छन् ।

प्रतिक्रिया दिनुहोस