सकियो कर्णाली करिडोरको निर्माण

विसं २०७१ चैत ५ गतेदेखि काम शुरु गरेको राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको निर्माण सम्पन्न भएको छ । नेपाली सेनाले निर्माणको जिम्मा लिएको करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्म सडकखण्ड नेपाली सेनाले निर्माण गरेर सडक विभागलाई हस्तान्तरण गरेको हो ।

नेपाली सेनाले जिम्मा लिएको सात वर्षपछि निर्माण सकिएको हो । विसं २०७१ चैत ५ गतेदेखि काम शुरु गरेको नेपाली सेनाले सो सडकखण्डको निर्माण कार्य सम्पन्न भएपछि सडक विभागअन्तर्गतको हिल्सा–सिमकोट सडक आयोजनालाई असार ३१ गते हस्तान्तरण गरेको छ । नेपाली सेनाले निर्माणको जिम्मा लिएको कर्णाली करिडोर सडक विभागको हिल्सा–सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरिएको सडक निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले बताए ।

यो पनि पढ्नुहोस्

नेकपा एमाले स्थायी कमिटीको बैठक बानेश्वरमा सुरु भएको छ । नयाँ बानेश्वरस्थीत संसद् भवनमा बैठक सुरु भएको हो । जारी बैठकमा एमाले संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्माओली लगायत नेताहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, विष्णु पौडेल लगायतका नेताहरु सहभागी छन् ।

यसअघि आज बिहान एमाले स्थायी कमिटीको बैठक बसेको थियो उक्त बैठकले कार्यदलको १० बुँदे एकता प्रस्ताव अनुमोदन गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिन आफ्ना सांसदहरुलाई आव्हान गर्ने निर्णय गरेको थियो । दलको बैठकले स्थायी समिति बैठकले गरेका सोही निर्णयलाई अनुमोदन गर्ने नेताहरुको भनाई छ । अहिले जारी एमाले संसदीय दलको बैठकमा नेकपा एमालेको माधव पक्षभने सहभागी छैन ।

यसअघि स्थायी कमिटी बैठकमा नेपाल पक्षका उपाध्यक्ष भीम रावल, नेता सुरेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, सचिव भीम आचार्य र गोकर्ण विष्ट गएका थिए । तर उनीहरुको बैठक रोक्ने प्रस्ताव अध्यक्ष ओलीले अस्वीकार गरे ।

ओलीले बैठक रोक्न नमानेपछि उनीहरु नेता माधव नेपालको निवास लागेका थिए । नेपालसँग उनीहरुले आगामी रणनीतिबारे छलफल गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस