‘बालिका वधु’ बाट चर्चामा आएकी अभिनेत्री सुरेखा सिकरीको निधन

काठमाडौं – भारतको चर्चित टेलिसिरियल अभिनेत्री सुरेखा सिकरीको निधन भएको छ । उनको शुक्रबार ७५ वर्षको उमेरमा निधन भएको हो ।केही महिनादेखि बिरामी रहेका सुरेखाको हृदयघातका कारण निधन भएको हो । उनले सन् १९७८ मा फिल्म ‘किस्सा कुर्सी का’बाट अभिनय यात्रा शुरु गरेकी थिइन्।

तीन पटक राष्ट्रिय पुरस्कार जितेकी सिकरीलेले चर्चित सिरियल ‘बालिका वधु’मा ‘दादी’को भूमिका निभाएकी थिइन् । जसबाट उनी निकै चर्चामा आएकी थिइन् । उनी दादी सा नामबाट चर्चित थिइन् । उनले ‘तमास’, ‘हरी–भरी’, ‘जुबैदा’, ‘नजर’, ‘मामो’, ‘सरदारी बेग लगायतका धेरै फिल्ममा काम गरेकी थिइन् ।

बाल गायिका सफलता श्रेष्ठको ‘म हुँ नेपाली’ सार्वजनिक

काठमाडौं । विश्वकीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठकी १० वर्षीया छोरी सपलता श्रेष्ठको स्वरमा रहेको ‘म हुँ नेपाली’ राष्ट्रिय भावको गीत तथा भिडिओ सार्वजनिक गरिएको छ ।विश्वकीर्तिमानी सन्तोष श्रेष्ठको शब्द सृजना र संगीत रहेको ‘म हुँ नेपाली’ सफलताको स्वर रहेको छ । कक्षा ६ मा अध्ययनरत सफलताको पहिलो गीतको रुपमा ‘म हुँ नेपाली’ सार्वजनिक गरिएको हो । सो गीतमा उनको स्वर रहेको छ भने भिडिओमा अभिनय पनि देख्न सकिन्छ ।

हेम प्रभास अधिकारीको निर्देशन र समीर थकोरको कोरियोग्राफी रहेको सो गीतको भिडिओमा सफलतालाई नै फिचरिङ गरिएको छ । अजय रेग्मीको छायांकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस