गौतम बुद्धको १४ अनमोल वचनहरु

गौतम बुद्धको जन्म एक महान उधेश्यको पूर्तिको निम्ती भएको हो। गौतम बुद्धको जन्म मानव जातिलाई शान्ति र मुक्तिको मार्ग देखाउनको लागि भएको थियो। उनले ध्यानको मार्गमा हिडेर शान्ति र मुक्तिको मार्गको खोज गरे। हामी बुद्धको जन्मप्रति गौरव गर्छौं । तर, बुद्धले जुन मार्गदर्शन गरे, त्यो बाटोमा हिँड्ने प्रयास भने गर्दैनौं ।

वास्तवमा भगवान बुद्धले आफुलाई पूज्य बनाउका लागि कुनै उपदेश दिएका थिएनन् ।उनले त्यो कुरालाई सम्पूर्ण मानव जातिले सुन्नेछन्, बुझ्नेछन् र आफ्नो जीवनमा उपयोग गर्नेछन् भनेर उनले बुद्ध दर्शनको प्रतिपादन गरेका थिए।

उनले धेरै जीवन उपयोगी वचन र भनाईहरु भनेका छ्न जुन हाम्रो जीवनको लागि उपयोगी हुन् सक्छ। उनले यस्तै केहि १४ अनमोल वचनहरु भनेका छन जुन हामीले यहाँ प्रस्तुत गरेका छौ ।

१) हाम्रो जीवनको ठुलो शत्रु भनेकै हामी स्वयं हौ ।

२) हाम्रो जीवनको ठुलो हार भनेकै आफ्नो योग्यता वा अनुहार प्रति अत्याधिक प्रेम हो ।

३) जीवनको ठुलो दुखद घटना कसैको डाहा वा ईर्ष्या गर्नु हो । ४) जीवनको ठुलो गल्ति आफुलाई काबुमा राखन नसक्नु हो ।

५) जीवनको सबैभन्दा ठूलो अपराध भनेको आमा बुबाप्रति अवफादार हुनु हो ।

६) जीवनको सबैभन्दा ठूलो अज्ञानता अरुलाई धोका दिनु हो । ७) जीवनको सबैभन्दा ठूलो दया भनेको आत्म-अवमूल्यन हो ।

८) जीवनको सबैभन्दा ठूलो गर्वको कुरा असफलताबाट पुनर्जीवित हुनु हो ।

९) जीवनको ठुलो गरिबी भनेको आशाहिन हुनु हो । १०) जीवनको ठुलो सम्पत्ति स्वास्थ्य र बुद्धि हो ।

११) जीवनको ठुलो ऋण कसैको प्रेम पाउनु हो ।

१२) जीवनको सबैभन्दा ठूलो उपहार भनेको स्वीकृति र क्षमा हो ।

१३) जीवनको सबैभन्दा ठूलो समस्या भनेको जागरूकताको अभाव हो । १४) जीवनको ठुलो सांत्वना प्रेम र परोपकार हो ।

प्रतिक्रिया दिनुहोस