महिनावारी हुँदा हुने दुखाई- कारण, लक्षण चिन्ह तथा उपचार विधि

महिनावारी हुदा धेरै मात्रामा पेट दुख्ने अवस्थामा लाई DYSMENORRHOEA भनिन्छ । यस अवस्थामा कडा , मध्यम कडा प्रकृतिको cramping वा colicky pain हुन्छ । यस्तो दुखाई thigh (तिघ्रा) र sacrum (back side) तिर सर्न सक्छ । यस प्रकारकाे spasmodic dysmenorrhoea प्राय: किशाेरवास्था (teen age) का केटिहरुमा बढी देखिन्छ भने ३० वर्षभन्दा माथिका महिलाहरुमा पनि spasmodic dysmenorrhoea हुन्छ । याे समस्याकाे कारण महिलाहरुकाे दैनिक, सामाजिक र शैक्षिक कार्यमा समेत बाधा पुगिरहेकाे हुन्छ ।

यस्तो किसिमको दुखाइ तल्लो पेट, कटी प्रदेश pelvic area कम्मर, ढाडको तल्लो भाग वा तिघ्रातिर समेत हुन सक्छ । महिनावारी हुँदा कतिपय महिलालाई तल्लो पेट असाध्यै दुख्न सक्छ र त्यसले सामान्य दैनिक जीवनलाई नै अप्ठयारोमा पार्छ ।

दुख्नेबाहेक महिनावारी हुनुभन्दा पहिले अन्य लक्षण देखिन्छन् । पेट फुलेजस्तो हुने, चिन्ता बढ्ने, स्तन दुख्ने वा भारी हुने, रुन मन लाग्ने, दिक्क लाग्ने, थकाइ लाग्ने, चिडचिडापन हुने, प्यास लाग्ने, खानाको रुचिमा परिवर्तन तथा गोडा वा अन्य भाग सुन्निने जस्ता कुरा हुन सक्छन् र त्यस्तो स्थितिलाई Premenstrual tension syndrome भनिन्छ ।

महिनावारी हुँदा तल्लो पेट र ढाड दुख्नु सामान्य नै मानिन्छ । महिनावारी हुनुभन्दा केही दिन पहिले शरीरमा भएको रागरस (Hormones) को मात्रामा परिवर्तन आउने गर्दछ । यस्तो रागरसको सहयोगले बच्चा हुर्कनका लागि पाठेघरको भित्र उपयुक्त वातावरण बनिरहेको हुन्छ । यस प्रक्रियाका कारणले पनि तल्लो पेट र ढाड दुख्ने गर्दछ । यदि पाठेघरले निषेचित डिम्ब प्राप्त गरेन भने त्यो निर्माण भएको रगतको तह विस्तारै रगतका रूपमा योनिमार्ग हुदै बाहिर निस्कन्छ र यस बेला पाठेघर खुम्चिने र फुक्ने हुदा यस्तो प्रकारको दुखाइ हुने गर्दछ । यही रागरसको (Hormones) परिवर्तनले गर्दा महिनावारी हुनुअघि कब्जियत हुने, थकाइ लाग्ने तथा कसै कसैलाई डन्डीफोर आउने जस्ता लक्षणहरू पनि देखा पर्दछन्

प्रतिक्रिया दिनुहोस