ओली सरकारले राजदूतमा सिफारिस गरेका ११ जनाको नियुक्ति प्रक्रिया रद्द

काठमाडौं । ओलीले आफ्नो नेतृत्वकालमा गरेको ११ देशका राजदुतहरुको संवैधानिक नियुक्तीलाई खारेज भएको छ । सर्वोच्च अदालतले संसद् पुर्नस्थापना गरेपछी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार सत्तामा आएपछि उक्त नियुक्ती बदर भएको हो ।

यसअघि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूतमा सिफारिस ११ जनाको नियुक्ति प्रक्रिया रद्द गरेको हो । निवर्तमान प्रधानमन्त्री ओलीले अस्ट्रियाका लागि निर्मलराज काफ्ले, इजिप्टका लागि जीवन प्रकाश श्रेष्ठ, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा, अष्ट्रेलियाका लागि सुम्निमा तुलाधर, रसियाका लागि जंगबहादुर चुहान, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, बहराइनका लागि युवराज कार्की, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी र साउदी अरबियाका लागि मेराज मुसलमानलाई राजदूतमा नियुक्त गर्ने निर्णय गरेको थियो । राजदूत नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णयपछि प्रधानमन्त्री देउवाले ओली सरकारको निर्णयमा पहिलो काउन्टर गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिने भएका छन् । पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमै प्रधानमन्त्री देउवाले विश्वासको मत लिने तयारी गरेका छन्। यसबारे संसद् सचिवालयमा जानकारी गइसकेको बताइएको छ।

नेपाली कांग्रेसको कार्य व्यवस्था समितिको बैठकबाट प्रस्ताव लगेसँगै देउवाले विश्वासको मत लिनेछन्। कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले कार्य व्यवस्था समितिको बैठकमा विश्वासको मतका लागि प्रस्ताव गरिसकेका छन्।

आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन्।

असार २८ गते सर्वोच्च अदालतको परमादेशपछि २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। देउवालाई ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस