नेप्सेमा हरियाली परिसुचक तीन हजार नजिक

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन नै सेयर बजारमा हरियाली छाएको छ । आर्थिक वर्ष र साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से ९७.२१ अङ्कले बढेर २९८०.६१ अङ्कमा बन्द भएको छ ।

शेरबहादुर देउवाले आफ्नजो नेतृत्वको सरकारमा माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अर्थमन्त्रीको जिम्मेवारी दिएका थिए । नयाँ सरकार गठनपछि केही दिन अन्यौलमा रहेका सेयर लगानीकर्ता गत साता अर्थमन्त्री शर्माले राजस्वमा योगदान गर्ने सेयर बजारमा लगानीकर्तालाई संरक्षण गर्ने बताएका थिए ।

यस्तै कोभिडको प्रभावका बीच सेयर ठुलो हिस्सा रहेको बैंकिङ क्षेत्रको असार मसान्तमा राम्रो रिकभरी भएको समाचारले गर्दा सेयर बजारमा हरियाली छाएको हो ।

आज सेयर बजारमा बैंकिङ क्षेत्रको उपसूचकले उचालको छ । आज नेप्सेमा सबै उपसूचकमा हरियाली छाउँदा विकास बैंक उपसूचक सवार्धिक ५.०५ प्रतिशतले बढेको छ । त्यस्तै बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ४.७१ प्रतिशत, जीवन बिमा उपसूचक ३.८ प्रतिशत, लघुवित्त उपसूचक ३.५९ प्रतिशत र म्युचुअल फन्ड उपसूचकब ३.३४ प्रतिशत तथा निर्जीवन बिमा उपसूचकश ३.१५ प्रतिशले बढेको छ ।

बजार परिसूचक सँगै ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने नेन्सिटिभ इन्डेक्स पनि १९.५५ अङ्कले बढेर ५६०.९६ अङ्कमा पुगेको छ ।

आज बैंकिङ उपसूचकले पनि २००० अङ्कको बिन्दु पार गरेको छ । बैंकिङ उपसूचक ९२.५८ अङ्कले वृद्धि भएर २०५७.३८ अङ्कमा बन्द भएको छ । गत आर्थिक वर्षमा बैंकिङ क्षेत्रको कर्जा रिकभरी राम्रो हुँदा बैंकहरूले राम्रो लाभांश दिलने आशमा लगानीकर्ताको रोजाइमा बैंकिङ क्षेत्र परेको छ । आज बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । गत बिहिबार ८ अर्बको कारोबार भएको बजारमा आज कारोबार रकम बढेर साढे ११ अर्ब पुगेको छ ।

आज नेप्सेमा २ करोड ८८ लाख ६३ हजार ०९३ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ६३ करोड ८१ लाख २६ हजारको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस