देउवाले पाए सदनबाट विश्वासको मत

नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधीसभामा विश्वासको मत प्राप्त गरेका छन् । गत साता सर्वोच्च अदालतले प्रतिनिधीसभा विघटन बदर गरेर पुर्नस्थापना गरेको थियो ।

देउवाको पक्षमा कुल १ सय ६५ मत परेको छ भने विपक्षमा ८३ मत परेको छ । देउवालाई प्रधानमन्त्री बनाउनका लागि नेकपा माओवादी केन्द्र जनता समाजवादी पार्टी नेपाल राष्ट्रिय जनमोर्चा पार्टीले सहयोग गरेका थिए । भने नेकपा एमाले माधव गुटले भने

संसद् पुर्नस्थापना गरेसँगै सर्वोच्चले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने गरि परमादेश जारी गरेको थियो ।
संवैधानिक नियम अनुसार प्रतिनिधीसभा विघटन गरेपछी सदनबाट विश्वासको मत लिनुपर्नेमा आज उनले विश्वासको मत लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस