नागरिक सबैलाई यथासिघ्र खोप पुर्याउछौँ – प्रम देउवा

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप भएको बताएका छन्। हिजो बसेको प्रतिनिधीसभा बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले आफ्नो सरकारको पहिलो दो्स्रो अनि तेस्रो सबै प्रथामिकता खोप रहेको बताएका थिए । सोही क्रममा आजदेखी लगाउन सुरुवात गरिएको अमेरीकी जोनसन खोप कार्यक्रममा खोप केन्द्रहरुको भ्रमण गर्ने क्रममा

नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको स्थलगत अनुगमन गरेपछि देउवाले आफ्नो सरकारको प्राथमिकता सबैलाई कोरोनाको खोप भएको बताएका हुन्। देउवाले खोप सहज रुपमा लगाउने प्रवन्ध गर्न निर्देशन पनि गरेको उल्लेख गरे।

जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर देउवाले आजबाट जोनसन एण्ड जोनसनको खोप शुभारम्भ गरेका हुन्। सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी पनि सहभागी थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवाले काठमाडौं उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्‍वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेललगायतका केन्द्रहरुको निरीक्षण तथा अनुगमन गर्दैछन् ।
आजदेखि काठमाडौंमा एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप अभियान सुरु भएको छ। काठमाडौंका ४४ वटा खोप केन्द्रबाट जोन्सनको खोप लगाइँदै छ।

अमेरिकाले अनुदान स्वरुप दिएको १४ लाख ३४ हजार डोज खोप आजबाट लगाईदै छ ।

प्रतिक्रिया दिनुहोस