देउवा र मोदी बीच टेलिफोन संवाद,के भयो त कुराकानी ?

काठमाडौं । नवनियुक्त प्रधामन्त्री शेर बहादुर देउवा र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । संवादका क्रममा मोदीले देउवा सँग यथासिघ्र कोभिड खोप उपलब्ध गराउने प्रतिबद्दता जायर गरेका छन् ।
नेपाली समकक्षी शेरबहादुर देउवासँग आज भएको टेलिफोन संवादमा मोदीले भारतले दिन बाँकी १० लाख अस्ट्राजेनेका (कोभिसिल्ड) खोपको मात्रा जतिसक्दो चाँडो उपलब्ध गराउने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उक्त संवादमा मोदीले देउवालाई बधाई तथा शुभकामना समेत दिएका थिए । साथै, द्धिपक्षीय हितलाई थप प्रगाढ बनाउने बारेमा पनि दुई समकक्षीबीच छलफल भएको जनाइएको छ ।
वृहत हितका साझा विषयमा समेत मिलेर अघि बढ्ने दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।

भारतले नेपाललाई १० लाख डोज अस्ट्राजेनेका खोप दिन बाँकी छ । भुक्तानी लिइसकेर पनि भारतले खोप आपूर्ति गरेको छैन । संसदमा विश्वासको मत हासिल गरेपछि मोदीले आइतबार राती देउवालाई ट्वीटमार्फत बधाई दिएका थिए । यसअघि हिजो बसेको प्रतिनिधीसभा बैठकका क्रममा बोल्दै प्रधानमन्त्री देउवाले अहिलेको सरकारको प्रमुख प्राथमिकता खोप रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस