अफगानिस्तानमा पछिल्ला ४ दिनमा ९५० तालिबान मारिए, ५०० घाइते

अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ९५० भन्दा बढी तालिबान लडाकूहरु मारिएका छन् । घटनाका कारण अरु पाँच सयभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । यो विवरण पछिल्लो चार दिनको भएको बताइएको छ ।

सुरक्षाकर्मीहरु र तालिबान लडाकुहरुका बीचमा देशका २० भन्दा बढी प्रान्त र सहरमा भिडन्त तथा हिंसात्मक घटना भएको जनाइएको छ । लडाकू समुहले लगातार हिंसात्मक गतिविधिहरु गरिरहेकाले सुरक्षा कारबाही गर्नुपरेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

कतिपय सहर तथा क्षेत्रहरु तालिबान लडाकुहरुको नियन्त्रणमा रहेको दाबी गरिएको छ । तीमध्ये सोर्ख ए पर्सा जिल्लाको पर्वाना र माइलस्तान जिल्लाको घाज्नीलाई सुरक्षाकर्मीहरुले आफ्नो नियन्त्रणमा लिइएको जनाएका छन् । तर चाखान्सुर जिल्लाको मिर्मोजलाइ भने लडाकुहरुले फेरि कब्जा गरेको समाचार स्रोतले जनाएको छ ।

अफगानिस्तानको उत्तरपूर्वी प्रान्त ताखारमा पनि सुरक्षाकर्मी र तालिबान लडाकुहरुका बीचमा ठूलो भिडन्त भएको थियो । तालिबान लडाकुहरुको नियन्त्रणमा रहेका ठाउँहरूलाई नियन्त्रण मुक्त गर्न सरकारी सुरक्षाकर्मीहरुले प्रयास गरिरहेको अधिकारीहरुले जनाएका छन् ।

–एएनआई

प्रतिक्रिया दिनुहोस