मास्क नलगाई युवतीसँग सेल्फी खिचेको तस्वीर भाईरल बने पछि चिलीका राष्ट्रपतिलाई ३५ सय डलर जरिवाना

पुष ५ एजेन्सी । चिलीका राष्ट्रपति सेबास्टियन पिन्योराले कोरोना महामारीका कारण लागेको प्रतिवन्धको उलंघन गरेको भन्दै उनलाई ३५ सय डलर जरिवाना गरिएको छ ।
यस महिनाको शुरुमा एक महिलासगँ पिन्यारोको सेल्फी सामाजिक सञ्जालमा भाईरल बनेको थियो ।

सो तस्वीरमा राष्ट्रपति पिन्यारो र महिला दुबैले मास्क लगाएको देखिदैन । समुन्द्र किनारमा एक महिलाले सेल्फी लिन खोज्दा मास्क नलगाएको प्रति राष्ट्रपतिले माफी समेत मागेका छन् ।
चिलीमा कोरोनाका कारण सार्वजनिक स्थलमा मास्क लगाउन अनिवार्य गरिएको छ । ५ लाख ८१ हजार बढी कोरोना संक्रमित पुगेको चिलीमा १६ हजार बढीको मृत्यु भईसकेको छ ।

चीनले बनायो विश्वकै पहिलो शक्तिशाली क्वान्टम कम्युटर, घामको किरणबाट सञ्चालन हुन्छ
एजेन्सी मंसीर २१ । विज्ञान र प्रविधिको क्षेत्रमा विश्वको सुपरपावर बन्ने दौडमा रहेको चीनका वैज्ञानिकहरुले विश्वमै पहिलो पटक क्वान्टम कम्युटर बनाएका छन् । वैज्ञानिकरुका अनुसार यो घामको किरणमा आधारीत भएर सञ्चालन हुनेछ । यो कम्युटर परम्परागत सुपरकम्युटर भन्दा धेरै तीव्र गतिमा चल्नेछ ।

चीनीया सञ्चारमाध्यमहरुमा प्रकाशित समाचार अनुसार यस कम्युटरको मद्धतबाट ठूला ठूला मेसिनहरु बनाउने पद्धतिमा मौलिक बदवाल ल्याउनेछ ।
यो कम्युटरको नाम ‘जियूझांग’ राखिएको छ । यो चीनको प्राचीन गणित ग्रँन्थ हो । यो कम्युटर क्षेत्रमा ठूलो उपलव्धि हो । यसको मद्धतबाट भौतिक विज्ञान, चिकत्सा क्षेत्र र कृत्रिम बौद्धिकतामा उपलव्धि हासिल हुनेछ । चीनले क्वान्टम प्रविधिको विकासमा ठूलो लगानी गरीरहेको छ ।

यो क्वान्टम कम्युटरले २ सय सेकेण्डमा गर्न सक्ने गणना परम्परागत सुपर कम्युटर फुकागुले ६० करोड बर्षमा मात्रै गर्न सक्छ । चीनले क्वान्टम आधारीत भूउपग्रहको प्रक्षेपण सन् २०१७ मा गरेको थियो । त्यस्तै चीनले २००० किलो मिटर लामो ह्याक प्रुफ क्वान्टम सञ्चार लाईन बेईजिङबाट सोझै सांघाई सम्मको उद्घाटन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस