सरकारद्वारा साउन ६ गते सार्वजनिक विदाको घोषणा

काठमाडौं । सरकारले ६ साउनमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदको अवसरमा ६ साउनमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसैगरि सरकारले बाढी प्रभावित सिन्धुपाल्चोक र मनाङ जिल्ललाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।यसअघि केही साता अघि बाढी र पहिरोका कारण सिन्धुपाल्चोकको मेलम्ची र मनाङका विभिन्न ठाउँ डुबानमा परेका थिए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण ऐन अन्तर्गत रहेर ती क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने र राहत तथा पुननिर्माणका कामहरु अघि बढाउने निर्णय गरेको छ ।

यसै महीना सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु लगायतमा क्षेत्रमा गएको बाढीले धनजनको क्षति पुर्याचएको थियो भने, मनाङमा पनि क्षति पुर्याधएको थियो ।

यो पनि पढ्नुहोस्

अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ९५० भन्दा बढी तालिबान लडाकूहरु मारिएका छन् । घटनाका कारण अरु पाँच सयभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । यो विवरण पछिल्लो चार दिनको भएको बताइएको छ ।

सुरक्षाकर्मीहरु र तालिबान लडाकुहरुका बीचमा देशका २० भन्दा बढी प्रान्त र सहरमा भिडन्त तथा हिंसात्मक घटना भएको जनाइएको छ । लडाकू समुहले लगातार हिंसात्मक गतिविधिहरु गरिरहेकाले सुरक्षा कारबाही गर्नुपरेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

कतिपय सहर तथा क्षेत्रहरु तालिबान लडाकुहरुको नियन्त्रणमा रहेको दाबी गरिएको छ । तीमध्ये सोर्ख ए पर्सा जिल्लाको पर्वाना र माइलस्तान जिल्लाको घाज्नीलाई सुरक्षाकर्मीहरुले आफ्नो नियन्त्रणमा लिइएको जनाएका छन् । तर चाखान्सुर जिल्लाको मिर्मोजलाइ भने लडाकुहरुले फेरि कब्जा गरेको समाचार स्रोतले जनाएको छ ।

अफगानिस्तानको उत्तरपूर्वी प्रान्त ताखारमा पनि सुरक्षाकर्मी र तालिबान लडाकुहरुका बीचमा ठूलो भिडन्त भएको थियो । तालिबान लडाकुहरुको नियन्त्रणमा रहेका ठाउँहरूलाई नियन्त्रण मुक्त गर्न सरकारी सुरक्षाकर्मीहरुले प्रयास गरिरहेको अधिकारीहरुले जनाएका छन्

प्रतिक्रिया दिनुहोस