कक्षा १२ को परिक्षा साउन मसान्तबाट सुरु

कोभिड संक्रमणका कारण रोकिएको कक्षा १२ को परिक्षा साउन मसान्तबाट सुरुगरिने भएको छ । परिक्षलाई भौतिक रुपमा गर्न सकिने नसकिने भनेर बहस चलिरहे पनि आन्तरिक मूल्याङ्कन र भौतिक उपस्थिति बाट परिक्षा गराउदा गुणस्तर घट्ने नछोड निकालेर परिक्षा बोर्डले भौतिक उपस्थितमै परिक्षा संचालन गर्न लागेको हो ।

विगतमा जस्तै एक सय पूर्णांकको लिखित परीक्षा लिइने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा गर्न अनुमति दिएकाले साउनको अन्तिमबाट परीक्षा सुरु गर्ने योजना रहेको बोर्डको भनाइ छ।

यसअघि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न (सीसीएमसी)सँग अनुमति मागेको थियो। अब छिट्टै बोर्डको बैठक बसेर परीक्षा कार्यतालिका सार्वजनिक गर्ने जनाइएको छ।

परिक्षमा पूर्ण रुपमा स्वास्थ सावधानी अपनाईने परिक्षा बोर्डको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस