आज मंगलबार पनि ह्वात्तै बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

आज मंगलबार पनि ह्वात्तै बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन ताेलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँ बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मुल्य भने आज तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस