बेइजिङमा यो बर्षकै सबैभन्दा भारी बर्षा, जनजीवन प्रभावित

बेइजिङ । चीनको राजधानी बेइजिङमा यो बर्षकै भारी बर्षा भएपछि जनजीवन प्रभावित भएको छ ।बेइजिङमा भारी बर्षाका कारण खेलकुद, शैक्षिक, आर्थिक क्रियाकलापहरु साथै दैनिक जनजीवन प्रभावित भएको छ । बेइजिङमा जीर्ण आवासमा बस्ने मानिसहरुलाई स्थानान्तरण गरिएको छ भने मानिसहरुको उद्धारका लागि हजारौँ सुरक्षाकर्मीहरु खटाईएको छ ।

चीनको उत्तरी क्षेत्रहरु हेवेई र तीयान्जिन शहरमा बर्षाको ठुलो प्रभाव परेको छ । चीनमा यो सन् २०२१ कै सबैभन्दा भारी बर्षा परेको हो । चीनको राष्ट्रिय मौसम विज्ञान विभागले जीयांसु र अन्हुई क्षेत्रमा एक सय पचास मिलीमिटर सम्म भारी बर्षा हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । बेइजि मा सन् २०१२ मा पनि छ दशक कै सबै भन्दा भारी बर्षा हुँदा मानवीय तथा भौतिक क्षति भएको थियो । स्रोत द टाईम्स अफ ईण्डीया

अचानक प्रतिनिधिसभा ओली आएर देउवालाइ बधाई दिएपछि…..
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा भोट हाल्न प्रतिनिधिसभा हलमा प्रवेश गरेका छन् । बैठक अवधिभर सभा बाहिर बसेका ओली मतदान गर्ने बेलमा सभाहलमा प्रवेश गरेका हुन् । सभा हलमा प्रवेश गरेर ओलीले प्रधानमन्त्री देउवासँग हात मिलाएका थिए ।

देउवाले विश्वासको मत लिन बसेको प्रतिनिधि सभाको आजको दोस्रो बैठक सुरू भएको चार घन्टापछि ओली बैठकमा सहभागी भएका हुन्। यसअघि ओली संसद भवनमा भए पनि बैठकमा सहभागी थिएनन्।

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । विश्वासको मतसम्बन्धी प्रस्तावमा मतविभाजन सुरु हुनै लाग्दा प्रतिनिधिसभाको बैठकमा प्रवेश गरेका ओलीले देउवासंग हात मिलाएरै बधाई दिएका हुन् ।

बैठकमा प्रवेश गरेलगत्तै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले प्रधानमन्त्री देउवा बसेकै स्थानमा पुगेर बधाई दिएका हुन् । प्रारम्भमा देउवाले हात मिलाउन खोजेपनि स्वास्थ्य मापदण्डका कारण हात फिर्ता गरेका थिए । लगत्तै ओली आफैले हात अगाडि बढाएपछि देउवाले पनि हात मिलाए ।

प्रतिक्रिया दिनुहोस