प्रचण्ड पत्नी सीतालाई भेट्न खुमलटार पुगे देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका छन् ।बिरामी रहेकी प्रचण्ड पत्नी सीता दाहाललाई भेट्न प्रधानमन्त्री देउवा प्रचण्ड निवास पुगेको बताइएको छ ।

केहि दिन अगाडि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द्र ‘विप्लव’ले उनलाई भेटका थिए ।दाहाल पत्नी सीता वंशाणुगत पार्किन्सन्स जस्तो देखिने रोगले पीडित छिन् । उनको उपचारको लागि अमेरिका, सिंगापुर र भारतमा रामदेवसँग पुर्‍याएपछि सीताको स्वास्थ्यमा सुधार आउन सकेको छैन ।प्रचण्ड पुत्र स्वर्गीय प्रकाश दाहालको निधन भएसँगै उनको स्वास्थ्यमा ठुलो समस्या देखिन थालेको हो ।

जसपाको ठाकुर पक्ष अकस्मान यु टर्न हुनुको यस्तो रहेछ कारण, अब के गर्छन यादव समुह ?
काठमाडौं । केपी शर्मा ओलीले आफ्ना माग पुरा गर्ने प्रतिवद्धता जनाएको र त्यो कार्यान्वयनको क्रममा पनि रहेको भन्दै जसपाको महन्त ठाकुर पक्ष सरकारमा सहभागी भएको थियो । ओली सरकारमा सहभागी भएकै कारण विभाजनको संघारमा पुगेको जसपा फेरी एक हुने भएको छ । प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत लिने बेलामा अचानक ठाकुर पक्ष पनि देउवालाई विश्वासको मत दिने निर्णयमा पुगेका थिए ।

सुरुमा संसद भवनमा प्रवेश गरेपछि विपक्षको तहमा बसेको ठाकुर समुह देउवाले पत्र लेखेरै आफुलाई विश्वासको मत दिन आग्रह गरेपछि देउवालाई मत दिन सहमत भएको थियो । दुवै सरकार पक्ष भएपछि अब निर्वाचन आयोगमा पार्टी आधिकारीकताको लागि दिएको निवेदन के हुन्छ भन्ने प्रश्न उठेको छ । उपेन्द्र यादव समुहका नेता मोहम्मद इस्तीयाक राईले पार्टी एकताको ढोका कहिल्यै पनि बन्द नभएको बताएका छन् ।

उनले देउवालाई विश्वासको मत दिएर पार्टी एकताका लागि ५ प्रतिशत वातावरण बनेको र अब गल्ती सच्याएर आए एकता हुने र निर्वाचन पार्टीको आधिकारीकताको लागि दिएको निवेदन फिर्ता हुने बताएका छन् । पार्टी नै विभाजन गरेर ओली सरकारमा सहभागी भएका ठाकुरलाई एक पछि अर्का सांसदले साथ छोड्न लागेपछि बाध्य भएर उनी अन्तिम समयमा देउवालाई विश्वासको मत दिने निर्णयमा पुगेको यादव पक्षका नेताको दावी छ ।

अध्यक्ष ठाकुर पक्षका सांसद एकपछि अर्को गर्दै यादव समूहमा लागेपछि अस्तित्व जोगाउन बाध्य भएर देउवाको पक्षमा विश्वासको मत दिएको यादव पक्षका एक नेताले बताएका छन् । ‘उहाँहरू ओलीको मतियार बनिराख्न तयार हुनुहुन्थ्यो। तर, सांसदहरूले बुझेर साथ छाड्न थालेपछि बाध्य भएर देउवाको पक्षमा विश्वासको मत दिनुभयो’, ती नेताको भनाइ थियो।

 

प्रतिक्रिया दिनुहोस