पछिल्लो २४ घण्टामा कर्णालीको कोभिड अपडेट

कर्णाली प्रदेशमा मंगलबार थप १०७ जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएको छ । ७६ जनामा गरिएको आरटी–पीसिआर विधिबाटको कोरोना परीक्षणका क्रममा ३५ जना र २४१ जनामा गरिएको एन्टिजेन विधिबाटको कोरोना परीक्षणका क्रममा ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । यो पछिल्लो एक साताको तुलनामा निकै बढी हो ।

पछिल्लो समय निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोनाका बिरामीहरू बढ्न थालेको जनस्वास्थ्यविदहरुले बताउने गरेका छन् । सर्खेत, दैलेखको तुलनामा पछिल्लो समय हिमाली जिल्लाहरूमा कोरोना सङ्क्रमण बढेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासबाटै दिल्लीमा उपचाररत नेता खनाललाई टेलिफोन गरी प्रधानमन्त्री देउवाले उपचार खर्च सरकारले व्यहोर्ने जानकारी गराएका हुन् ।

प्रधानमन्त्री देउवा प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे बुझ्न खुमलटार पुगेका थिए । सोही क्रममा पूर्व प्रधानमन्त्री खनालसंग टेलिफोन संवाद गरी देउवाले स्वास्थ्य लाभको कामना समेत गरेका हुन् ।

एमाले नेता झलनाथ खनाल यतिवेला स्वास्थ उपचारका लागि भारतको एपोलो अस्पतालमा छन् । उनको मृगौलामा समस्या आएपछि उपचारका लागि भारत लगिएको छ ।

प्रतिक्रिया दिनुहोस